कांग्रेसको कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं,१० फागुन । सबैभन्दा ठुलो दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बोलाएको छ ।
बैठक आज दिउँसो १ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्न लागेको हो ।
बैठकमा समसामयिक राजनीतिक घटनाक्रमहरूका विषय छलफल हुने कार्यवाहक मुख्यसचिव प्रदीप पराजुलीले बताए ।
बैठकमा सरकार सञ्चालन, पार्टीको सदस्यता वितरण र नवीकरण, भातृ संस्थाहरूको महाधिवेशन लगायत विषयमा छलफल हुनेछ ।