सोरस–मस्क मिडियायुद्धको तरंग
डा. दीपेश केसीः अमेरिकी राष्ट्रपतिको चुनाव डेमोक्रयाट्स र रिपब्लिकनबीचको प्रतिष्पर्धा मात्र थिएन । कमला ह्यारिस र डोनाल्ड ट्रम्पबीचको मात्र थिएन । दुई बिजनेश टाइकुन जर्ज सोरस र इलन मस्कबीचको पनि थियो । सोरसले ह्यारिसको पक्ष लिंदा मस्कले ट्रम्पलाई साथ दिएका थिए । विश्वभरका अधिकांश मूलधारका मिडियामा प्रभाव बनाएका सोरसलाई सामाजिक सञ्जाल एक्सका मालिक मस्कले अमेरिकी चुनावका माध्यमले पराजित गरिदिए । यी दुईबीचको द्वन्द्व अझै सकिएको छैन । सोरसले मस्कको टेस्ला कम्पनी बहिष्कारको अभियानलाई ऊर्जा दिन प्रोपोगान्डा गराइरहेका छन् । मस्कले सोरससहित अमेरिकाका धनाढ्यहरुमाथि खुलेरै टेस्लाविरुद्धको प्रोपोगान्डाको आरोप लगाइसकेका छन् । यी सबै खेलका पछाडि अमेरिकाले विश्वभर विभिन्न नाममा बाँड्दै आएको रकम मस्कले सम्हालेको डिर्पाटमेन्टर अफ गभर्मेन्ट इभिसियन्सी (डीओज

