५ चैत्र २०८१, बुधबार | March 19, 2025

दुर्गाले क-कस्लाई बनाए मुर्गा


1.2k
Shares

काठमाडौं, ६ चैत्र । कुनैबेला मार्सी नामले चर्चामा आए दुर्गा प्रसाईँ । आफ्नो घरमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई एकसाथ मार्सी चामलको भात खुवाएर तस्बिर भाइरल गराए ।

प्रसाईँ ओलीलाई हजुरबुवा भन्थे । उनी एमालेको केन्द्रीय सदस्य बन्न पनि सफल भए । तर, ओलीसँग उनको दूरी बढ्यो । जस्ले राजनीतिमा उचाई दिलायो उसैलाई भक्कुमार गाली गर्दै चर्चा बटुले ।
ओलीका विश्वासपात्रहरुविरुद्ध पनि प्रसाईँ खनिए । उनी झन् चर्चामा आए ।

प्रसाईँले एमाले छाडेर माओवादीसँग नजिकको सम्बन्ध बनाए । उनले सशस्त्र द्वन्द्वकालमा माओवादीलाई सघाएको दाबी गर्दै आए । माओवादीबाट पनि उनले खुबै लाभ लिए ।

कहिले ओलीलाई त कहिले प्रचण्डलाई मुर्गा बनाएका दुर्गाले पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्र शाहलाई समर्थन गर्दै गतिविधि बढाएका छन् । दुर्गाले पूर्वराजालाई झापामा राजनीतिक मञ्चमै उभ्याए । त्यहाँबाट राजा फर्काउने अभियान सुरु गरेका थिए ।

काठमाडौंमा २५ फागुनमा भएको शक्ति प्रदर्शनमा पनि दुर्गाकै मुख्य भूमिका थियो । उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि कतिञ्जेल साथ दिने हुन् चासो बनेको छ । दुर्गाले ज्ञानेन्द्र शाहलाई पनि मुर्गा बनाउने विश्लेषण भइरहेको छ ।

काँग्रेस नेताहरुसँग पनि दुर्गाको नजिकको सम्बन्ध छ । उनले कतिपय काँग्रेस नेताहरुसँग पनि विशेष सम्बन्ध बनाइआएका छन् । जसमध्ये सुनिल शर्मा पनि हुन् । शर्मालाई दुर्गाले देशै हाँक्ने क्षमताको नेता भनिदिए कुनैबेला । यसरी उनी कसैलाई भक्कुमार गाली गरेर त कसैलाई टुप्पामा पुग्ने गरी उचालेर चर्चा कमाउने गर्छन् ।

प्रतिक्रिया