३ चैत्र २०८१, सोमबार | March 18, 2025

सई मगरको नेतृत्वमा विमानस्थलबाट गाँजासहित भारतीय महिला पक्राउ


3.7k
Shares

भैरहवा, ४ चैत्र । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट लागुऔषध गाँजासहित भारतिय एक महिला पक्राउ परेकी छिन् । विमानस्थलस्थित लागू औषध नियन्त्रण ब्युरो शाखाले ७ केजी ५०० ग्राम (२६ पाकेट) गाँजासहित बैग गुलनाजलाई सोमबार पक्राउ गरेको हो ।

आज बिहान १२ः४० बजे, Thai Air Asia को फ्लाइटबाट थाइल्याण्डको बैंककबाट आएकी मुम्बई, महाराष्ट्रकी ४५ वर्षीया बैग गुलनाज ( पासपोर्ट नं. X5250926) लाई विमानस्थलको आगमनतर्फको गेट अगाडि शंकास्पद अवस्थामा ब्युरोले फेला पारेको थियो ।

उनको साथमा रहेको हरियो रंगको लगेज (ब्यागेज) खोल्दा लागू औषध गाँजा फेला परेको थियो। तत्काल तौल गर्दा ७ केजी ५०० ग्राम गाँजा रहेको पुष्टि भयो। साथै, उनको साथमा रहेको मोबाइल थान १ समेत बरामद गरिएको छ।

पक्राउ परेकी महिलालाई आवश्यक कानूनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाइएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालयका भैरहवा प्रमुख सई विचित्र मगरले जानकारी दिए । मगरले पटक–पटक ठुलो मात्रामा कोकिनलगायतका लागुऔषध सहित पक्राउ गरेर छुट्टै छवि बनाएका छन् ।

 

 

प्रतिक्रिया