१ चैत्र २०८१, शनिबार | March 16, 2025

प्राज्ञिक विद्यार्थी परिषद् नेपालको अध्यक्षमा प्रा. डा. दयाराम भुषाल र महासचिवमा दिनेश कार्की निर्वाचित


4.7k
Shares

काठमाडौं, २ चैत्र । प्राज्ञिक विद्यार्थी परिषद् नेपालको राष्ट्रिय अध्यक्षमा प्राध्यापक डा. दयाराम भुषाल र राष्ट्रिय महासचिवमा दिनेश कार्की निर्वाचित भएका छन् । शनिबार चितवनको भरतपुरमा सुरु भएको प्राज्ञिकको दशौं राष्ट्रिय महाधिवेशनबाट भुषाल र कार्की निर्वाचित भएका हुन् ।

४ चैत्रसम्म चल्ने महाधिवेशनमा झण्डै एक हजार प्रतिनिधि सहभागी छन् । महाधिवेशनको सुरुमै नयाँ नेतृत्व निर्वाचित भएका हुन् ।

प्राध्यापक डा. भुषाल प्राज्ञिक क्षेत्रका विशिष्ट व्यक्तित्व हुन् । विद्यार्थीको हक अधिकारका लागि अहोरात्र खटिदै आएका दिनेश कार्की त्रिवि स्ववियू निर्वाचनमा सभापति पदका उम्मेदवार पनि हुन् । उनी लोकप्रीय विद्यार्थी नेताका रुपमा परिचित छन् ।

प्रतिक्रिया