२९ फाल्गुन २०८१, बिहिबार | March 13, 2025

त्रिवि केन्द्रीय क्याम्पसमा अध्यक्षमा १७ जनाको उम्मेदवारी,कसले मार्ला बाजी ?


0
Shares

काठमाडौँ,२९ फागुन । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको अध्यक्ष पदका लागि १७ जनाको उम्मेदवारी परेको छ । अनेरास्ववियु, नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु क्रान्तिकारी र स्वतन्त्र विद्यार्थी समूहलगायत स्वतन्त्रले अध्यक्ष पदका लागि उम्मेदवारी दिएका हुन् । सो क्याम्पसमा ६ हजार १४६ मतदाता रहेका छन् ।

कीर्तिपुरस्थित सो क्याम्पसले सार्वजनिक गरेको अन्तिम उम्मेदवारको सूचिअनुसार अनेरास्ववियुबाट सिद्धान्त भट्ट, नेपाल विद्यार्थी सङ्घबाट दीपकराज जोशी, अखिल ९क्रान्तिकारी० बाट प्रवीन दाहाल, स्वतन्त्र विद्यार्थी समूहबाट दिनेश कार्की, नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घबाट विलम सुवाल, नेपाली विद्यार्थी मञ्चबाट अक्कल रानाभाट, नयाँ शक्ति विद्यार्थी युनियनबाट नरेन्द्र सिंह महरा, स्वतन्त्र विद्यार्थी ९त्रिवि० बाट उज्जलवहादुर खड्का, स्वतन्त्रबाट पद्मा भुसाल, सनम वली र दिप्रसन केसीलगायतले उम्मेदवारी दर्ता गराएका हुन् ।

बिहीबार साँझ ४ बजेसम्म उम्मेदवारमाथि दावी विरोध र फिर्ता लिने समयावधि तोकिएको छ । आजै साँझ ७ बजे उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने कार्यतालिका रहेको छ । स्ववियु निर्वाचनमा आगामी चैत ५ गते त्रिवि अन्तर्गतका क्याम्पसमा हुँदैछ ।

प्रतिक्रिया