२९ फाल्गुन २०८१, बिहिबार | March 13, 2025

नेपाल बार एसोसिएसनको अध्यक्ष पदका युवा उम्मेदवार आशिष पौडेल को हुन्


4.4k
Shares

काठमाडौं, २९ फागुन । नेपाल बार एसोसिएसनको अध्यक्ष पदका युवा उम्मेदवार आशिष पौडेल यतिबेला चर्चामा छन् । उनी अध्यक्ष पदका उम्मेदवारमध्ये सबैभन्दा कान्छा तर साहसी हुन् ।

स्याङ्जाको पुतलीबजार वडा नं १४ सतौंमा जन्मिएका ३३ वर्षीय पौडेल बहुमुखी प्रतिभाका धनी हुन् । उनी भौतिकशास्त्री पनि हुन् । सेन्ट जेभियर्स कलेजबाट भौतिकशास्त्रमा एमएसी अध्ययन गरेका पौडेलले त्रिभुवन विश्वविद्यालयले परीक्षामा प्रश्नपत्रमा गैरकानुनी कार्य गरेपछि त्यसविरुद्ध मुद्दा दायर गराए । मुद्दा लड्दा लड्दै उनी एलएलबी अध्ययन गरी कानून व्यवसायी बने ।

विद्यार्थीको हक अधिकारका लागि मुद्दा लड्दा लड्दै वकिल बनेर चर्चा पाए । त्रिविको प्रश्नपत्र प्रकरणमा मुद्दा जितेनन् मात्र सुधार गर्न वाध्य गराए ।

उत्तरपुस्तिका हेर्न पाउने र दस्तुर पाँच हजारबाट प्रतिपृष्ठ पाँच रुपैयाँ बनाउन पनि उनले लडेको मुद्दाले सफल बनायो । चिकित्साशास्त्र आयोगमा मेडिकल इन्ट्रान्समा पनि उत्तरपुस्तिका हेर्न दिनुपर्ने सर्वोच्च अदालतबाट आदेश ल्याउन उनले दायर गरेको मुद्दाले भूमिका खेल्यो ।

हायातको तीन सय रोपनी जग्गा प्रकरण पनि उनैले उठान गराएर कानूनी लडाईँ लडे । नेपालमा गैरकानूनी रुपमा सार्वजनिक जग्गा हडप्ने गतिविधिविरुद्ध पौडेलले मुद्दा लडेर सफलता हासिल गरेर चर्चा कमाए ।

ग्यालेक्सी पब्लिक स्कुलबाट एसएलसी, दश जोड दुईको अध्ययन पूरा गरेका उनले गोल्डेन गेट कलेजबाट भौतिकशास्त्रमा बीएससी गरे । सेन्ट जेभियर्स कलेजमा भौतिकशास्त्रमा एमएससी अध्ययन गरे । उनले सेन्ट जेभिसर्यमा विद्यार्थी हकहित संरक्षण समितिको अध्यक्ष भएर महत्वपूर्ण सुधारका काम गर्ने परिस्थिति बनाए ।

विद्यार्थी हक अधिकारका लागि कानूनी लडाईंका क्रममा आशिष पौडेल आफै कानून बढेर नेपाल ल क्याम्पसबाट एलएलबी उत्तीर्ण भए । त्यसपछि उनले कानून व्यवसायीका रुपमा सक्रियता बनाए । नेपालमा विद्यार्थीको लागि कानूनी लडाई लडेर उत्तरपुस्तिका हेर्न पाउने, कम शुल्कमा उत्तरपुस्तिका हेर्न पाउने, नियमविपरित प्रश्नपत्र तयार गर्न नपाउने जस्ता आदेश ल्याउने गरी उनैले मुद्दा दायर गरेर लडेका थिए । यसले लाखौं विद्यार्थीको अधिकारको संरक्षण भयो ।

आशिष पौडेल अहिले नेपाल बार एसोसिएसनको अध्यक्ष पदका उम्मेदवार छन् । उनले ३३ वर्षमै बार एसोसिएसनको नेतृत्व गर्ने साहस गरेका छन् ।

नेपाल बार एसोसिएसनको अध्यक्ष पदमा मेरो उम्मेदवारी किन

प्रतिक्रिया