५ जेष्ठ २०८३, मंगलबार | May 19, 2026

तेस्रो विश्वयुद्धको पथमा यूरोप


2.5k
Shares

डा. दीपेश केसीः यूरोपको मजबुत अर्थतन्त्र भएको देश हो जर्मनी । दुईपटकको विश्वयुद्धले थलिएर पनि उठ्ने गरी अर्थतन्त्रको जग तयार छ उसको । तर, अहिले जर्मनी ऊर्जा संकटको सामना गरिरहेको छ । जर्मनीका सडकहरुमा रात्रीको समयमा सडकवत्ती निभाउन थालिएको छ युक्रेन युद्धपछि । उद्दोगहरु अप्ठ्यारोमा छन् । एटम बम भएको यूरोपका अर्को देश हो फ्रान्स । उसको अर्थतन्त्र पनि समस्यामा पर्दै गएको छ । फ्रान्सका लगानीकर्ताहरु अफ्रिकाबाट लखेटिन थालेका छन् । अफ्रिकामा रहेका फ्रान्सका सैन्य अखडाहरु धमाधम बन्द भई सेना फर्कन थाले । फ्रान्सको प्रभाव गुमिरहेछ पूर्वउपनिवेशहरुमा । दोस्रो विश्वयुद्धसम्म कहिले सुर्यास्त नहुने साम्राज्य बेलायतका सामु बेरोजगारीका समस्या बढ्दो छ । विश्वव्यापी प्रभाव घटिरहेको छ उसको । इटाली, स्पेन, बेल्जियम जस्ता यूरोपका शक्तिशाली देशहरुले पनि नयाँ आर्थिक चुनौती झेलिरहेका छन् । यी सबैका कारण हो, युक्रेन युद्ध । रुससँग युक्रेनको युद्धमा यूरोपका अधिकांश देशहरु अप्रत्यक्ष सहभागी छन् । उनीहरु हतियार र आर्थिक सहयोग दिइरहेका छन् । युद्ध चलिरहेको छ तर पश्चिमा मिडिया युक्रेनले जितिरहेको जसरी प्रोपोगान्डा मच्चाइरहेका छन् । ठिक त्यसै गरी जसरी दोस्रो विश्वयुद्धमा हिटलर युद्ध हारिरहेका थिए जर्मनीको मिडिया जितेको प्रोपोगान्डा मच्चाइरहेका थिए ।

युक्रेनको अवस्था के छ भन्ने डोनाल्ड ट्रम्पको भनाईले छर्लग पारिसकेको छ । शुक्रबार ह्वाइट हाउसमा युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीसँग संयुक्त पत्रकार भेटमा ट्रम्पले सिधै यो युद्ध जित्नेछैनौं भनिदिए । यतिसम्मकी अमेरिकाको साथ नहुँदो हो त तीन हप्ता पनि रुससामु युक्रेन टिक्दैनथियो भनिदिए । ट्रम्प बारम्बार युद्धविराम भनिरहेका थिए । तर, राजहठ जसरी बालहठ देखाएका जेलेन्स्कीसँग क्रुद्ध भई मूर्ख राष्ट्रपति भनिदिए । ह्वाइट हाउसबाट अपमानित भई निकालिदिएनन् मात्र लन्च पनि सर्भ गरिएन । कूटनीतिक भाषा र नतिजा बुझेकी युक्रेनी राजदूत ओक्साना मार्कारोभ�

प्रतिक्रिया