१७ फाल्गुन २०८१, शनिबार | March 1, 2025

राजा किन चाहियो ?


166
Shares

सरोज मिश्र । हिजो बिहान सबेरै नेपाललाई पृथ्वीमाताले नराम्ररी तर्साइन् । मध्यरातमा भएको कम्पनले धेरैको निन्द्रा खलबलियो । थोरै भाग्यमानीहरूले चालै पाएनन् । चाल नपाउनेलाई मैले भाग्यमानीको उपमा किन दिएको हो भने तिनीहरूलाई बेहोशीका कारणले नै भए पनि भय वा चिन्ता भएन । आसन्न भयको अनुभव नहुनु भनेको ठूलै भाग्यको कुरा हो । कुनै अप्रत्याशित घटनाले भय सिर्जना गर्छ भने कुनैले चाहिँ असामान्य कौतुहल, अनिश्चितता र जिज्ञासा पैदा गरिदिन्छ । अनि, कैयन् असामान्य एवं अस्वाभाविक आशा वा विश्वासले मानिसमा अस्वाभाविक तनाव र कहिलेकाहीँ त अत्यन्तै अस्वाभाविक आत्मविश्वाससमेत पैदा गरिदिन्छ । त्यस्तो तनाव वा आत्मविश्वासले अन्त्यमा दिनेचाहिँ घोर निराशा र विक्षिप्तता नै हो १

गत ७ फागुन प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाली जनतालाई लक्षित गरेर दिएको एउटा अस्वाभाविक सन्देशको पनि त्यस्तैखाले प्रतिक्रिया देखापरेको छ । सायद स्वयं शाहमा अस्वाभाविक आत्मविश्वास पैदा भएको होला । उनका अन्धभक्त समर्थकहरूमा ठूलो आशाको सञ्चार भएको होला । अधिकांश आमजनतामा चाहिँ कौतुहल मिश्रित जिज्ञासा र केही हदसम्म अनिश्चितताको भावसमेत देखिएको छ । आममानिसको कौतुहलता त केही दिनपछि सामान्य ढंगले साम्य भइहाल्छ । स्वयं ज्ञानेन्द्र शाह र उनका समर्थकहरूमा अन्ततः असफलताका कारण घोर निराशा र अन्ततः विक्षिप्तता देखा नपरोस् भन्ने कामनासम्म गरौं ।

मलाई राम्ररी थाहा छ, राजसंस्था पुनस्र्थापित गर्न चाहनेहरूको समूह वा जमात नेपालमा छ । राष्ट्रिय राजनीतिक दलका रूपमा मान्यताप्राप्त राष्ट्रिय प्रजातन्त्र पार्टी नाम गरेको दल नै राजा ल्याउन चाहन्छ । यसबाहेक कैयन् भूरे टाकुरे समूह वा व्यक्तिहरूसमेत सक्रिय देखिन्छन् । अब राजा किन चाहियो भन्ने प्रश्नको जवाफमा राजभक्तहरू एउटैखाले रागमाला अलाप्छन् । उनीहरू देशमा भाँडभैलो भयो, भ्रष्टाचार भयो, असन्तुलित विदेश नीतिले मुलुकको स्वतन्त्रता नै ध्वस्त हुने भयो र मुलुकलाई अभिभावक चाहियो आदि इत्यादि । अब यी व्यक्तिहरूले भनेअनुसारको बेथिति रहेछ नै भनेर मान्दा पनि राजा नामको कुनै जीव अस्तित्वमा आउने बित्तिकै यी सबै बेथिति एवं विसंगति कसरी अन्त्य हुन्छ रु त्योचाहिँ भनिँदैन । भविष्यमा हुने राजाको व्यक्तिगत गुणवत्ताका ’दयगतमा त कुरै गर्न परेन ’अबगकभ यी राजसंस्थाको पुनस्र्थापनाको माग गर्नेहरू स्वयं नै संविधानको घेराभित्र रहने अनि शासन नगर्ने बेलायत वा जापानको जस्तो राजा ल्याउने भन्छन् । निष्क्रिय एवं खोपाका देउता राजाले केही निर्णय गर्न नै पाउँदैनन् भने त उनले यी कथित बेथितिहरू कसरी सुधार्न सक्छन् र रु राजा नाम गरेको कुनै कथित ईश्वरीय अंश स्थापित भएपछि हाम्रो व्यवस्था अनि नेतागणको बुद्धि र विदेशीको कुदृष्टि स्वतः सम्हालिने त पक्कै होइन होला !

अत्यन्तै रमाइलो र विरोधाभाषपूर्ण कुरो के छ भने राजसंस्थाका समर्थकहरू नेपालमा राजाको प्रत्यक्ष निरंकुश शासन भएको समयलाई हवाला दिएर नेपालमा विकास भएको र नेपाली जनता खुसी भएको चित्र प्रस्तुत गर्छन् र त्यसै भएर नेपालमा राजा चाहियो भन्छन् अनि सँगसँगै चाहिएको चाहिँ संवैधानिक राजा रे १ संवैधानिक राजाको त केही भूमिका नै हुँदैन त १ साँच्चिकै सक्रिय राजाले चाहिँ के–के गरे त भनेर अर्थपूर्ण एवं गहिरो मूल्यांकन गर्ने हो भने नितान्त बेग्लै चित्र देखापर्न सक्छ । स्वर्गीय राजा महेन्द्रको देवत्वकरण गर्ने क्रममा मौसुफबाट स्थापना भएका असंख्य कलकारखाना र नेपालको मेरुदण्ड पूर्व–पश्चिम लोकमार्गको उदाहरण दिइन्छ । पूर्व–पश्चिम लोकमार्गको खाका कोर्ने र वीरगन्ज चिनी कारखाना, जनकपुर चुरोट कारखाना स्थापना गर्ने परिकल्पनाको सुरुवात राजा महेन्द्रले गरेका हुन् कि नेपाली कांग्रेसको सरकारका अर्थमन्त्री सुवर्णशमशेर जबराले गरेका हुन् भन्ने कुरो सच्चा इतिहासका विश्लेषकहरूले बताउलान् १ राजा रजौटा उन्मूलन र भूमिसुधारको सुरुवात बीपी कोइराला नेतृत्वको नेपाली कांग्रेसको सरकारले गरेको हो भन्ने आज लगभग बिर्सिइएको छ । नेपालमा राष्ट्रिय भावना फैलाउन राजा महेन्द्रको ठूलो भूमिका रहेको भनेर गुणगान गरिन्छ । वास्तवमा भारतीय मुद्रालाई विस्थापन गर्ने काम पनि सुवर्णशमशेरले नै गरेका हुन् । रह्यो कुरो भाषा र पोसाकको । राजा महेन्द्रले त ‘एउटै भाषा एउटै भेष’को नारा दिएर ६० प्रतिशत जनसंख्या रहेको गैरनेपाली भाषी एवं गैरदौराधारीलाई जबर्जस्ती नेपाली भाषा एवं दौरा सुरुवाल थोपरेर तानाशाही चलाएका हुन् । यही ‘एउटा भाषा एउटै भेष’को नीति भुटानमा त्यहाँका शासकले नेपाली मूलका भुटानीमाथि थोपरेर अत्याचार गर्दा हाम्रो मुटु कति दुखेको थियो १ हाम्रो तराई–मधेश हिमालका आदिवासीमाथि पनि यस्तै अत्याचार गरिएको होइन रु अनि के राजा महेन्द्रको काम महान् राष्ट्रवादी देशहितको काम हो रु

सक्रिय र शक्तिशाली राजाको धेरै कुरा गरियो । यति मात्र भन्न खोजिएको हो– राजाहरूको जुन गुणगान गरिन्छ, त्यो जायज छैन । हदैसम्मको नालायक भनिँदा पनि लोकतान्त्रिक नेतृत्व राजाभन्दा उत्तम देखिन्छन् । भ्रष्टाचारको कुरा गर्ने हो भने लामै चोटिलो लेख तयार हुन्छ ।

एकैक्षण विदेश सम्बन्ध र सन्तुलनको पनि कुरो गरौं । मेरो एउटा स्पष्ट धारणा रहिआएको छ । नेपाल भूपरिवेष्ठित त हुँदै हो, त्यसभन्दा पनि बढी भारतवेष्ठित राष्ट्र हो । यो भूगोलको अभिशाप हो । भारत स्वतन्त्र नहुँदा बेलायतको नियन्त्रणमा रहेको भूमिवेष्ठित राष्ट्र थियो । यही कारणले गर्दा नेपाल सधैं भारतको अस्वाभाविक एवं अविवेकी प्रत्यक्ष वा परोक्ष नियन्त्रणमा रह्यो । राजा राजेन्द्रको शासनकालमा वा राणाकालीन १०४ वर्षको कालखण्ड नेपालको दरबारमा लैनचौरस्थित गोरा साहेबको के कस्तो प्रभाव थियो भन्ने इतिहासमा अंकित विषय हो । राणा शासनको अन्त्यमा कांग्रेसले राजा त्रिभुवनलाई भगाएर रुद्रशमशेरको अधीनमा रहेको पाल्पा लैजान चाहेको थियो । त्रिभुवन पाल्पा पुगेको भए नेपालमा भारतको हस्तक्षेपको मात्रा तत्कालै कम हुन्थ्यो । तर, राजा त्रिभुवन स्वयंलाई भारत प्यारो भएको थियो । गण्डकी, कोशी सम्झौताका लागि कांग्रेसलाई सत्तोसराप गरिन्छ । के ती सम्झौताहरू तत्कालीन राजा त्रिभुवन र महेन्द्रको सहमतिबेगर भएको थियो त रु २०१५ सालको कांग्रेसको सरकारले त इजरायलसँग दौत्य सम्बन्ध कायम गर्ने जस्तो धारविपरीतको काम गरेर भारतको पञ्जाबाट फुत्किने आँटिलो काम गरेको थियो । यस्तै कारणले गर्दा कांग्रेसी सरकार अपदस्थ गर्ने राजा महेन्द्रको कामलाई भारतीय प्रधानमन्त्री नेहरूको सहमति थियो भन्ने तथ्य पनि इतिहासमा स्थापित छ । पछि त राजा महेन्द्रले चिनियाँ कार्ड फेला पारे । भारतविरुद्ध चाइना कार्ड वा चीनविरुद्ध भारत वा अमेरिका कार्ड भन्ने कुरो राष्ट्रका लागि कति राम्रो भन्ने विषयमा लामो बहस र विश्लेषण हुन सक्छ । समग्रमा के चाहिँ ठोकेर भन्न सकिन्छ भने राजाहरूको विदेश नीति सञ्चालन वास्तवमा मुलुक केन्द्रित नभई आफ्नो सत्ता केन्द्रित मात्र थियो ।

राजाले गरेको कामको त अप्राकृतिक ढंगले महिमागान भएको छ नै, सर्वशक्तिमान राजाले गर्न सक्ने भएर पनि नगरेका कामलाई केलाउने हो भने चित्र अझै स्पष्ट हुन्छ । नेपाल जलविद्युत्को धनी राष्ट्र भनेर त राजाकै समयमा चिनिन्थ्यो । राजाको समयमा नेपालमा कति जलविद्युत् उत्पादन हुन्थ्यो रु के नेपालले २०३१–०३२ सालमै लोडसेडिङ बेहोरेको होइन रु राजाको ३० वर्षे शासनकाल र २०४६ सालपछिको लोकतान्त्रिक व्यवस्थाका बीच यस विषयमा तुलना गर्ने कि रु त्यसबेला कति प्रतिशत जनताले विद्युत् सुविधा पाएका थिए रु त्यसबेला नेपालका कतिवटा जिल्लामा मोटर बाटो पुगेको थियो वा कति किलोमिटर सडक कालोपत्रे सडक थियो रु कति जनताले खानेपानी पाएका थिए रु हुनुपर्ने जति भएको छैन होला तर दुई कालखण्डको तुलना गर्ने हो भने राजाहरू निकम्मा साबित हुनेछन् ।

सक्रिय र शक्तिशाली राजाको धेरै कुरा गरियो । यति मात्र भन्न खोजिएको हो– राजाहरूको जुन गुणगान गरिन्छ, त्यो जायज छैन । हदैसम्मको नालायक भनिँदा पनि लोकतान्त्रिक नेतृत्व राजाभन्दा उत्तम देखिन्छन् । भ्रष्टाचारको कुरा गर्ने हो भने लामै चोटिलो लेख तयार हुन्छ । आज यति मात्र भनौं– त्यसबेला भ्रष्टाचार योभन्दा बढी थियो तर राजा र उनकै परिवारमा मात्र केन्द्रित थियो । अहिले भ्रष्टाचार विकेन्द्रित छ । कुनै पनि खाले भ्रष्टाचार राम्रो होइन तर केन्द्रित भ्रष्टाचारभन्दा त विकेन्द्रित भ्रष्टाचार थोरै उत्तमै होला । यी त भए शक्तिशाली सक्रिय राजा । अहिले शक्तिहीन संवैधानिक राजा खोजिएको छ कि यो भन्न मात्र हो र खासमा चाहिएको चाहिँ निरंकुश ‘मौसुफ’ नै हो रु यसो भन्ने हिम्मत कुनै ढोके, बैठके वा पुरोहित पुजारीलाई त छैन होला १ प्रश्न अझै अनुत्तरित छ । किन र केका लागि राजा चाहियो ? राजधानी दैनिकबाट

प्रतिक्रिया