२१ बैशाख २०८३, सोमबार | May 4, 2026

कार्यकाल सकिनै लाग्दा गोरखापत्र संस्थानका अध्यक्षले गरे न्युजप्रिन्ट रिल कागजको ठेक्कामा नीतिगत भ्रष्टाचार


February 14, 2025
2.7k
Shares

काठमाडौं,२ फागुन । गोरखापत्र संस्थानले खरिद गर्न लागेको न्युजप्रिन्ट रिल कागजको ठेक्कामा नीतिगत भ्रष्टाचार भएको पाइएको छ । संस्थानले १२ करोड रुपैयाँभन्दा बढीको ९ सय मेट्रिक टन कागज खरिद ठेक्कामा प्रतिस्पर्धा सीमित हुनेगरी मापदण्ड निर्धारण गरेको पाइएको हो ।

संस्थानले गत आर्थिक वर्षकोभन्दा फरक पारेर स्पेसिफिकेसन निर्धारण गरेको छ । संस्थानका अध्यक्ष विष्णुप्रसाद सुवेदीले आफू अनुकूल फर्मलाई मात्र ठेक्का पर्नेगरी बोलपत्र कागजातको स्पेसिफिकेसनमा संशोधन गरेको संस्थानकै कर्मचारीहरू बताउँछन् ।

‘अध्यक्ष सुवेदीले आफू अनुकूल फर्मलाई मात्र ठेक्का पार्नेगरी विभिन्न पूर्वशर्त राखेर गत वर्षभन्दा स्पेसिफिकेसनमा संशोधन गरेका छन्,’ गोरखापत्र संस्थान स्रोतले भन्यो, ‘संस्थानको स्टकमा अझै ८ महिना जति पुग्ने कागज छ । तर, कार्यकाल केही महिना मात्र बाँकी रहेकोले जाँदाजाँदै भएको बजेट सकाएर ३ देखि ४ करोड कमिसन खाने लोभमा सेटिङ गर्नुभएको छ ।’  संस्थानका खरिद प्रमुख मीना भट्ट समेतको मिलेमतोमा सेटिङ गरिएको स्रोतको दाबी छ ।

गत आर्थिक वर्षमा तीन पटक टेन्डर आह्वानगरी कागजात खरिद गरिएको थियो । पहिलो पटक ६ सय मेट्रिक टन, दोस्रो पटक २ सय मेट्रिक टन र तेस्रो पटकमा ३ सय मेट्रिक टनगरी वर्षभरि ११ सय मेट्रिक टन कागज खरिद गरिएको थियो ।

तर, यसपटक अध्यक्ष सुवेदीले एकै पटक ठेक्कामार्फत् १ हजार मेट्रिक टन कागज किन्न टेन्डर आह्वान गरेका थिए । तर, विनियोजित बजेटको सीमा नाघ्ने भएपछि सच्याएर ९ सय मेट्रिक तनको दोस्रो टेन्डर आह्वान गरिएको छ । ‘सार्वजनिक खरिद ऐनअनुसार ठेक्का आह्वान गर्दा भेन्डरले आह्वान गरिएको परिमाणको १५ प्रतिशत थपघट आपूर्ति गर्न पाउने प्रावधान छ,’ संस्थान स्रोतले भन्यो, ‘एक वर्षमा १ हजार मेट्रिक टन कागज माग गर्दा भेन्डरले १५ प्रतिशत थप कागज आपूर्ति गरे भुक्तानी गर्न बजेट नै नपुग्ने भएपछि संशोधन गरेर ९ सय मेट्रिक टन मात्र माग गरिएको हो ।’

संस्थानले माघ ११ गते १ हजार मेट्रिक टन रिल कागज आपूर्तिका लागि बोलपत्र आह्वान गरेको थियो । तर, बजेट अपुग हुने भएपछि भोलिपल्ट अर्थात् माघ १२ गते बोलपत्र कागजात संशोधन गर्दै ९ सय मेट्रिक टन मात्र खरिद गरिने भनेर दोस्रो सूचना प्रकाशित गरेको थियो ।

‘९ सय मेट्रिक टन कागज मात्रै माग गरिएको भए पनि सार्वजनिक खरिद ऐनअनुसार १५ प्रतिशत थप कागज भेन्डरले आपूर्ति गर्नसक्ने हुँदा १ हजार ३५ मेट्रिक टन सम्मको कारोबार सुवेदीले यही ठेक्कामार्फत् गर्न पाउँछन्,’ स्रोतले थप्यो, ‘त्यसो हुँदा उनले थप रकम कमिसन वापत खान पाउनेछन् ।’

अहिले आह्वान गरिएको बोलपत्रको लागि २०८१ फागुन ९ गतेसम्म प्रस्ताव पेश गर्न म्याद दिइएको छ । फागुन ११ गते १२ बजे बोलपत्र खोलिने सूचनामा उल्लेख छ । ३० लाख रुपैयाँको बीड ग्यारेन्टी हुनुपर्ने सूचनामा उल्लेख छ ।

संस्थानकै अर्को स्रोतका अनुसार अहिले स्टकमा ९७० रिल कागज छ । १ रिलमा ४१७ किलोग्राम कागज हुन्छ । ‘गोरखापत्र पत्रिका प्रकाशन गर्न एक दिनमा ४ रिल कागज खपत हुन्छ । त्यस आधारमा हेर्ने हो भने २४३ दिनसम्म अर्थात ८ महिनाभन्दा बढी समयका लागि कागज स्टकमा छ,’ स्रोतले भन्यो, ‘तर, कार्यकाल सकिने बेलामा आगामी अध्यक्षले खरिद गर्नुपर्ने कागज पनि अहिले नै खरिद गरेर बजेट सिध्याउन तथा करोडौं कमिसन खान खोजिएको छ ।’

आफू अनुकूल बोलपत्रदाताले मात्र ठेक्का पाउन सकोस् भन्ने उद्देश्यले प्रस्तावकको विशेष अनुभवलाई शर्तको रूपमा स्पेसिफिकेसनमा राखिएको छ । विगत तीन वर्षभित्र कम्तिमा १ ठेक्काअन्तर्गत मुख्य आपूर्तिकर्ता (प्रमुख आपूर्तिकर्ता, एकल संस्था वा संयुक्त उपक्रम जेभी) सदस्यको रूपमा वा उपठेकेदार ९सबकन्ट्रयाक्टर०को रूपमा कार्य गरेको अनुभव हुनुपर्ने तथा ठेक्काको मूल्य कम्तिमा ७ करोड ३० लाख हुनुपर्ने शर्त राखिएको छ ।

एकै कारोबारमा ७ करोड ३० लाख रुपैयाँको कारोब

प्रतिक्रिया