२९ माघ २०८१, मंगलबार | February 11, 2025

ट्रम्पसँग विश्वभरका सीआइए एजेन्टको सूची, नाम बाहिरिए नेपालमा के होला ?


February 10, 2025
1.4k
Shares

एजेन्सी, २८ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वभर सीआइएका कर्मचारीको नाम प्राप्त गरेका छन् । व्हाइट हाउसले उनीहरुको नाम मागेपछि अमेरिकाको खुफिया एजेन्सीले ह्वाइट हाउसमा सूची नै पठाएको अमेरिकी समाचार संस्थाहरुले जनाएका छन् ।

सीआइएले अगाडिको नामको अल्फावेट र थर पूरा लेखेर पठाएको छ । अब ती नामहरु इमेलमार्फत् पठाइएको विषय चर्चामा छ ।

ट्रम्पले पठाएका नामहरु चुहावट हुनसक्ने भन्दै चासो बढेको छ । अमेरिकाको खुफिया एजेन्सीमा काम गर्ने कर्मचारी र एजेन्ट विश्वभर छ । नेपालमा पनि त्यस्ता मानिसहरु रहेको चर्चा चल्दै आएको छ ।

नेपालमा को को सीआइएका लागि काम गर्छन् भन्ने खुलासा भएमा ठूलै तरंग आउन सक्छ । राजनीतिक दल, सुरक्षा निकायका अलागा विभिन्न क्षेत्रमा आवद्ध रही सीआइएका लागि काम गर्नेहरु रहेको चर्चा बेला बेलामा चल्ने गर्छ । ट्रम्प प्रशासनबाट ती नामहरु बाहिरिएमा तरंग नै आउँछ ।

प्रतिक्रिया