२९ माघ २०८१, मंगलबार | February 11, 2025

माओवादीसँग अमेरिकी राजदूतले हिंसाकालमै भेटेको खुलासा


February 10, 2025
1.8k
Shares

काठमाडौं, २८ माघ नेकपा माओवादी हिंसात्मक गतिविधिमा रहँदा नै काठमाडौंमा अमेरिकी राजदूतसँग भेटेको खुलासा भएको छ । त्यो भेट नर्वेली राजदूतावासको समन्वयमा भएको समेत खुलेको छ ।

नेपाल भ्रमणमा रहेका नर्वेली पूर्वमन्त्री एरिक सोल्हेमले माओवादीले हिंसाकालमै अमेरिकी राजदूतसँग भेटवार्ता गरेको खुलासा गरेका हुन् । कान्तिपुर दैनिकसँगको अन्तवार्तामा सोल्हेमले सन् २००६ तिर वार्ता गराएको बताएका हुन् ।

त्यो वार्तामा कुन माओवादी नेता सहभागी थिए भन्ने चाहिं खुलाएनन् । माओवादीहरु हिंसाकालमा रहँदा नर्वे नै पहिलो बाह्य शक्ति थियो जोसँग उनीहरुको कुराकानी भएको थियो । माओवादीसँगको भेटको पहल माधव नेपालले गरिदिएको समेत उनले बताए ।

नर्वेका पूर्वमन्त्री सोल्हेमको भनाईलाई आधार मान्ने हो भने माओवादीसँग पहिलो भेट गर्ने अमेरिकी राजदूत जेम्स मोरियार्टी हुन् । सन् २००४ देखि २००७ सम्म उनी राजदूत थिए । माओवादीका कटु आलोचक मोरियार्टी सधै चर्चामा रहे ।

उनले नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रभावशाली नेताहरुलाई भेटेका छन् ।

प्रतिक्रिया