२८ माघ २०८१, सोमबार | February 10, 2025

नेपाल लाइफ इन्स्योरेन्सको सञ्चालक समितिको निर्वाचन नगर्न उच्च अदालतको अन्तरिम आदेश


February 9, 2025
4.6k
Shares

काठमाडौं,२७ माघ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भोलि बोलाएको 25 औ वार्षिक साधारण सभामा सञ्चालक समितिको निर्वाचन नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको एकल इजलासले एकजना महिला सञ्चालक सदस्यको बिबाद सम्बन्धि रित दर्ताको विषयमा १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको हो । सर्वसाधारण शेयरधनीमा महिलाको प्रतिनिधित्व सुनिश्चित नगराई निर्वाचन अगाडी बढाउन लागिएको भन्दै सर्वसाधारण सञ्चालक उम्मेदवार खेतु थापा उच्च अदालत पाटन पुगेकी थिइन् ।

उनको रिटमाथि सुनुवाई गर्दै आइतबार उच्च अदालत पाटनले यस्तो आदेश जारी गरेको हो । सञ्चालक थापाले कम्पनी तथा सर्वसाधारण शेयरधनी समुहतर्फका सञ्चालक उम्मेदवार कृष्णराज लामिछाने र शेयरधनी एवं सर्वसाधारण तर्फ समुह तर्फको सञ्चालक उम्मेदवार कोषराज सुवेदीलाई विपक्षी बनाएर बर्दियाका शिबु आचार्यमार्फत वारेस नामाबाट उच्च अदालतमा रिट हालेकी थिइन् ।

थापाले उम्मेदवारको अन्तिम नामावली बदर गरी बिपक्षी लामिछाने र सुवेदीको नाम हटाएर समान सहभागिता,समानुपातिक प्रतिनिधित्व,महिला आरक्षणका आधारमा महिला सञ्चालको सुनिश्चिता गरी ३ जनाको नाम मात्र समावेश गरी अन्तिम उम्मेदवारको नामावली प्रकाशन गरी पाउँ भन्दै रिट दिएकी थिइन् ।

उक्त रिटमा रिट निवेदक को तर्फबाट अधिबक्त्ता चक्र बहादुर थापा, बरिस्ठ अधिबक्त्ता उपेन्द्र पौडेल, अधिबक्त्ता डा। अवतार न्यौपाने, अधिबक्त्ता अमित कर्ण, अधिबक्त्ता गोपि सुवेदी, अधिबक्त्ता देबि प्रसाद रिजाल , सुमन आचार्य ले बहस पैरवी गरेका थिए। यस आदेशले कर्पोरेट क्षेत् को कर्पोरेट अनुशासन र सुसासन कायम गर्न र महिला संचालकको हक अधिकार कायम गर्नको लागि सम्पुर्ण महिला शेरधनीहरुको प्रतिनिधित्व गर्न लागि एक एेतिहासिक र न्यायिक आदेश भएको छ ।

प्रतिक्रिया