२६ माघ २०८१, शनिबार | February 8, 2025

केजरीवाल–सिसोडिया पराजित,२७ वर्षपछि दिल्लीमा भाजपा सरकार


February 8, 2025
830
Shares

एजेन्सी,२६ माघ । २७ वर्षपछि दिल्लीमा भाजपा पुनरागमन गर्दैछ । निर्वाचन आयोगका अनुसार भाजपाले २० सिट जितेको छ र २७ सिटमा अग्रता लिएको छ, जसले गर्दा कुल ४७ सिट पुगेको छ ।

आम आदमी पार्टी (आप) ले पनि ११ सिट जितेको छ र १२ सिटमा अग्रता लिएको छ, अर्थात् कुल २३ सिटमा अगाडी छ । कांग्रेसले एक सिट पनि पाएको छैन।

आपका अरविन्द केजरीवाल नयाँ दिल्लीबाट र मनिष सिसोदिया जंगपुरा सिटबाट चुनाव पराजित भएका छन् । मुख्यमन्त्री आतिशीले कालकाजी सिटबाट चुनाव जितेकी छिन्। सत्येन्द्र जैन पनि चुनाव हारेका छन्। हारपछि केजरीवालले भने, “हामी हार स्वीकार गर्छौं। म भाजपालाई विजयको लागि बधाई दिन्छु। जनताले उनीहरूलाई बहुमत दिएका छन्। उहाँले जनताको अपेक्षा पूरा गर्नुहुनेछ।”

प्रधानमन्त्री नरेन्द्र मोदी साँझ पार्टी मुख्यालय पुग्नेछन् । र कार्यकर्ताहरूमाझ धन्यवाद दिनेछन् । यसैबीच, दिल्ली सरकारको सामान्य प्रशासन विभागले सचिवालय सिल गर्न आदेश जारी ग¥यो। अनुमति बिना सचिवालय परिसरबाट कुनै पनि फाइल, कागजात वा कम्प्युटर हार्डवेयर बाहिर लैजान नहुने भनिएको छ।

प्रतिक्रिया