एनभिए डे –२०८१ भव्यताका साथ सम्पन्न
काठमाडौं,२४ बिहीबार । मुल्यांङकन पेशामा कार्यरत ईन्जिनियरहरूको छाता संगठन नेपाल भ्यालुयर्स एसोसिएशन (एनभिए)ले १४औं स्थापना दिवस (एनभिए डे –२०८१) भव्यताका साथ सम्पन्न गरेको छ ।
ठमेलस्थित होटल यात्रीमा बुधबार आयोजना गरिएको कार्यक्रममा नेपाल इन्जिनियरिङ्ग परिषदका अध्यक्ष प्रा.डा. पदम बहादुर शाही प्रमुख अतिथि र नेपाल इन्जिनियरिङ्ग परिषदका रजिष्टार ई.शिवमंगल गिरी, नेपाल इन्जिनियर्स एशोसिएशनका अध्यक्ष ई. सुभाष बराल विशेष अतिथि थिए ।
एनभिए डे –२०८१ विशेष कार्यक्रमलाई सम्बोधन गर्दै एनभिएका अध्यक्ष संजयकुमार महतोले नेपाल इन्जिनियर्स एशोसिएशन, नेपाल इन्जिनियरिङ परिषद्, सेन्टर फर डेमोक्रेटिक इन्जिनिर्यस एशोसियन नेपाल (सिडेन), प्रोगेसिभ इन्जिनियर्स एशोसियसन नेपाल (पिन), नेपाल राष्ट्रिय इन्जिनियर संगठन (निओन), स्क्याप, नेपाल बैंकर संघ, नेपाल डेभलमेन्ट बैंकर एशोसियशन, नेपाल वित्त संघ लगायत संस्थाहरुलाई इन्जिनियरहरुको पीडा बुझ्न आग्रह गरे । उनले इन्जिनियरहरुको समस्या समाधान गर्नका लागि सबै इन्जिनियरिङ्ग संस्थाहरुको साथ र सहयोग आवश्यक रहेको बताए ।

त्यस्तै,नेपाल इन्जिनियरिङ्ग परिषदका अध्यक्ष प्रा.डा.पदम बहादुर शाहीले इन्जिनियरहरुका सबै व्यवसायिक समाजहरु एक ठाउँमा उभिएर अघि बढ्नुपर्ने धारणा राखे । इन्जिनियरिङ्ग व्यवसायमा सबैले भोग्नु परेको समस्यालाई आधिकारिक रुपमा एकिकृत गर्न इन्जिनियरिङ्ग परिषद तयार रहेको उनले स्पष्ट पारे । इन्जिनियरहरुको हकहितको लागि परिषद सधै तप्पर रहेको भन्दै उनले इन्जिनियरहरुले आफ्नो क्षमता बुझेर त्यो अनुसार प्रगती गर्दै जानुपर्ने बताए । उनले भने, “देशको प्रगति भए हाम्रो हुने होइन,हाम्रो प्रगती भए देशको प्रगती हुनेछ । त्यसमा ध्यान राख्नुपर्छ ।”

त्यसैगरी, नेपाल इन्जिनियर्स एशोसियसन (एनइए) का अध्यक्ष ई. सुभाषचन्द्�

