१७ माघ २०८१, बिहिबार | January 30, 2025

‘स्वार्थमुखी व्यापार तत्काल बन्द गर्नु आजको आवश्यकता’


January 29, 2025
2.2k
Shares

संजिव गुरुङ्ग । नेपाली राजनीतिमा देखिएको छाडापनले गर्दा राज्यका प्रत्येक क्षेत्रमा अनावश्यक नारा जुलुस देखिन थालेको छ । नीति र विधिवत रूपमा राज्य सत्ता चल्न नसक्दा आज समाजको हरेक पाटोमा अनावश्यक नारा जुलुस मात्र देखिन थालेको हो भन्न गाह्रो छैन् । यसबाट प्रष्ट देखिन्छ हरेक तहका संरचना नीतिमा नचलेर व्यक्तिगत दम्ब र स्वार्थमा चल्ने परम्पराले समाजमा सर्वसाधारणले सास्ति खेप्नु परेको सत्य हो ।

देशको नीति निर्माणसँगै बनेका विकास निर्माणहरूमा समेत स्वार्थ केन्द्रीत हुँदा सबै क्षेत्रमा तानातान देखिन्छ । यसको एक ज्वलन्त उदाहरण हो पाथिभरा केबलकार । त्यहाँ पनि धर्मको नाममा गर्न खोजिएको व्यापारले उग्ररूप लिएको देखिन्छ ।

यसरी नै समाज अस्तव्यस्त ढङ्गले चल्ने हो भने हरेक व्यक्ति–व्यक्तिसँग डराउने बेला आएको छ । कसको इशारामा को चल्दैछ कसले के गर्दैछ यो चिन्ताको विषय हो । अबको नयाँ पुस्तामा सामाजिक र राजनीतिक रूपमा चेतना अपरिहार्य भएको छ । यदि समाजमा यसरी नै छाडापन बढ्दै जाने हो र त्यसरी नै चल्ने हो भने छिट्टै नै राजनीतिक रूपमा होस् या धर्मको बहानामा होस् या व्यापारको बहानामा होस् नेपाल भूमिको अस्तित्व समाप्त हुन समय लाग्ने छैन् ।

आज समाजमा देखिएको स्वार्थमुखी व्यापार तत्काल बन्द गर्नु आजको आवश्यकता हो । सम्पूर्ण नेपाली नागरिक सचेत भई आज देखिएको राजनीतिक छाडातन्त्र व्यवस्थाको अन्त्य गराई नयाँ संरचना निर्माण गर्नु जरुरी छ ।

आज विश्व परिवेशमा देखिएको तछाडमछाडले समाज,समाज जस्तो छैन मानव मानव जस्तो छैन यसरी नै समाज अराजक बाटोमा जाने हो भने संसारभरका मानव समाज नै समाप्तिको बाटोमा छिट्टै जानेछ । तसर्थ आफ्नो राष्ट्र निर्माण गर्नको निमित्त संसारभरि छरिएर रहेका नेपालीहरू एक आपसमा जोडिने बेला भएको छ । सचेत भई छाडापनको अन्त्य गरौं सबै मिली राष्ट्र निर्माणमा जुटौँ। जय होस्।
(गुरुङ्ग नेपाल तरुणदल केन्द्रीय सदस्य हुन् ।)

प्रतिक्रिया