बालिकालाई ललाई फकाई जबरजस्ती करणी

पाल्पा,१० माघ । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रामपुर नगरपालिका–८ भुजात बस्ने २५ वर्षीय नबिन गुरूङलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
गुरूङले ती बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।