मधेश केन्द्रित दललाई हिन्दूवादीको त्रास
काठमाडौं, २५ पौष । माओवादी हिंसाको बखत सबैभन्दा फष्टाएको थियो जातिय र क्षेत्रीय मुद्दा । माओवादी अध्यक्ष प्रचण्डले यो मुद्दालाई राजनीतिक शक्ति विस्तारको अस्त्रका रुपमा प्रयोग गरेका थिए । उनी जब जब कमजोर हुन्छन् तब यही मुद्दा उठाइहाल्छन् ।
माओवादी हिंसाको जगमा टेकेर मधेशमा क्षेत्रीयताको मुद्दा जोडतोडले उठ्यो । पूर्वमाओवादी नेता उपेन्द्र यादवले मधेशी जनअधिकार फोरम गठन गरेर यसलाई राजनीतिक लाभ लिने हतियार बनाए । उनले लाभ पनि लिए यसबाट । यादव अहिले जनता समाजवादी पार्टी गठन गरेर जातीय र क्षेत्रीय नाराबाट राजनीति गरिरहेका छन् ।
उपेन्द्र यादवले समान विचार र कदम चालेर राजनीतिक गरिरहेका भारतको उत्तर प्रदेश केन्द्रित समाजवादी दलका अध्यक्ष अखिलेश यादवलाई हालैमात्र भेटे । यो भेट अखिलेशले नै सार्वजनिक गरे । यादवमात्र नभई मधेशका अन्य शक्ति पनि मधेशमा गुम्दै गरेको पकडले चिन्तित छन् ।
महन्थ ठाकुर गेहरु रङ्गको पोशाकमा बढी देखिन्छन् । यसको ठूलो सन्देश छ । मधेशका अन्य शक्ति मानिएका नेताहरुमध्ये कतिपयको पृष्ठभूमि हिन्दुत्वको विचार पनि एक हो । अर्कोतर्फ, मधेशमा हिन्दुत्वको मुद्दा जोडतोडले फैलिइरहेको छ ।
हिन्दूवादी बलियो हुँदै गएपछि मधेश केन्द्रित कतिपय दल त्रसित छन् । उनीहरुका कार्यकर्ता हिन्दुत्व विचारधाराबाट सक्रिय संस्थासँग जोडिएर सक्रिय भइरहेका छन् । यसले भविष्यमा नयाँ शक्ति आउनसक्ने अवस्था पनि बनेको छ ।
हिन्दुवादी एक भएमा मधेशमा त्यहाँको क्षेत्रीय मुद्दालाई समातेर राजनीतिक गरिरहेकाहरुलाई चुनौती बन्न सक्छ । यसकारण उनीहरु त्रसित छन् ।