२५ पुस २०८१, बिहिबार | January 9, 2025

छायाँदेवी कम्प्लेक्सको साधारणसभामा बबण्डर मच्चने


January 9, 2025
664
Shares

काठमाडौं, २५ पौष । ऐतिहासिक पुरातात्विक कमलपोखरी हडपेर बनाइएको छायाँदेवी कम्प्लेक्सबारे सर्वोच्च अदालतले ऐतिहासिक फैसलाको तयारी गरिरहेको छ । सर्वोच्चको पूर्ण इजलाशले फैसला सुनाउने गरी तयारी गरिरहेको छ । ठिक यही बेलामा छायाँदेवी कम्प्लेक्स लिमिटेडले १७औं वार्षिक साधारणसभा आव्हान गरेको छ ।

१८ माघमा एलफ्ट होटलमा दिउँसो १ बजेका लागि साधारण सभा आव्कान गरिएको हो । सभाले वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै लेखापरीक्षकको प्रतिवेदन पनि पारित गर्ने लक्ष्य लिएको छ । कम्पनीले ६ करोड ४६ लाख ८७ हजार ५०० सय लाभांश वितरणको प्रस्ताव पनि पारित गर्ने तय गरेको छ । तर, छायाँदेवी कम्प्लेक्स नै संकटमा परेकाले साधारण सभाको दिन बबण्डर मच्चने भएको छ ।

कमलपोखरी हडपेर बनाइएकाले स्थानीय सम्पदा अभियन्ताले सोही दिन विरोधका कार्यक्रम गर्ने भएका छन् । छायाँदेवी कम्प्लेक्सका साहुहरु पृथ्वीबहादुर पाण्डेलगायत कुलिनहरुले विरोधको सामना गर्नुपर्नेछ । अर्कोतर्फ, शेयरहोल्डरहरुबीच नै विवाद सतहमा आउने देखिएको छ ।

पाण्डेले कतिपय शक्तिशाली व्यक्तिहरुलाई गोल्डन शेयर पनि दिएको खुलेको छ । यसले पनि गम्भीर प्रश्नहरु उठेको छ । एलफ्ट होटलबाट विश्वव्यापी भीसासम्बन्धी काम गर्ने भीएफएस ग्लोबल पनि सर्दैछ । भीएफएसले सम्झौतालाई निरन्तरता नदिने जनाइसकेको छ । लगानीकर्ता हतोत्साही भइसकेका छन् । त्यहाँ पसल र भाडा लिएर बसेकाहरु विचलित भएका छन् ।

प्रतिक्रिया