भूकम्पले तिब्बतमा सयभन्दा बढीको मृत्यु

एजेन्सी, २३ पौष । भूकम्पले तिब्बतमा सयभन्दा बढीको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले मर्नेहरुको संख्या बढ्नसक्ने जनाएका छन् ।
७.१ म्याग्निच्युडको भूकम्प सिगात्से केन्द्रबिन्दु भएर गएको हो । नेपालको लोबुचेबाट उक्त क्षेत्र एक सय किलोमिटर दूरीमा पर्छ ।
भूकम्पको धक्का दक्षिण एशियाका नेपालसहित भारत, बँगलादेश र भुटानमा पनि महशुश भएको थियो ।
सगरमाथा नजिकै भूकम्पको केन्द्रबिन्दु भएकाले उक्त क्षेत्रको अवलोकन बन्द गरिएको छ ।