कर्मचारीसहित भ्रष्टाचारबाट कोही अछुतो छैन् : नेता गुरुङ्ग
काठमाडौं,१९ पुस । पछिल्लो समय दिनहु भ्रष्टाचारका समाचारले सामाजिक सञ्जाल भरिएका हुन्छन् । यसरी नै भ्रष्टाचारको आँकडा बढ्दै जाने हो भने नेपाली जनताको स्तर गरिबीको रेखामुनि अझै तल नझर्ला भन्न सकिदैन् ।
नेपाली कांग्रेस निकट नेपाल तरुण दलका केन्द्रीय सदस्य संजिब गुरुङ्गले सत्तामा रहेका दलमात्र नभइ प्रशासनका कर्मचारीहरु पनि भ्रष्टचारमा लिप्त भएको टिप्पणी गरेका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत एक विज्ञप्ती जारी गर्दै गुरुङ्गले भ्रष्टाचार अन्त्यका लागि नागरिकहरु कै चेतना आउनु पर्नेमा जोड दिएका हुन् । यसलाई कानुनी उपचारको खोजीमा नजाने हो भने अझै भ्रष्टाचारको चरम सङ्कट राज्यले खेप्नुपर्ने भन्दै उनले चिन्ता व्यक्त गरेका छन् ।
कुनै पनि दल र तिनका नेता भ्रष्टाचारबाट अछुतो नभएको दाबी गर्दै समाजसेवी समेत रहेका गुरुङ्गले नेतृत्वहरुमा एकले अर्काबीच गाली गलौज गर्ने प्रवृत्ति हावी भएको पनि उल्लेख गरेका छन् ।
“भ्रष्टाचारको चरम सङ्कट चुलिँदै जाँदा दैनिकी जसो देखिने गालीगलोज विभिन्न पार्टी र पद्धतिबाट हुने एकले अर्कोलाई होच्याउने परम्परा र एकले अर्कोलाई गाली गरी मनै चोखो हो भन्ने मानसिकताले नेपाल भूमिमा–सामाजिक सञ्जाल र वास्तविक धरातल हेर्ने हो भने कोही पनि चोखो र कोही पनि सही छ भन्ने लाग्दैन ।”–उनले लेखेका छन् ।