‘पर्यटन क्षेत्रको समृद्धिका लागि नीजि क्षेत्र अघि बढ्नुपर्छ’
काठमाडौं, १८ पुस । सस्कृती, पर्यटन तथा नागरिक उडडयन मन्त्री बद्री प्रसाद पाण्डेले पर्यटन क्षेत्रको समृद्धिका लागि नीजि क्षेत्र अघि बढ्नपर्ने बताउनुभएको छ ।
प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा उहाँले पर्यटन क्षेत्रको विकासका लागि तीन तहको सरकारलाई जोड्न सरोकारवालाको दुई वटा वैठक सम्पन्न भईसकेको जानकारी गराउनु भयो।
मन्त्री पाण्डे भन्नुभयो, पर्यटन क्षेत्रका समस्या देखि एयरलाइन्स सम्मका समस्या हल गर्नका लागि बृहत् रूपमा छलफलका लागि भेला गर्दै छौं,त्यसमा समितिको साथ र सहयोगको अपेक्षा गरेका छौं। पोखरा र भैरहवाको विमानस्थल नियमित संचालनका लागि हामी समीक्षा गरिरहेका छौं, केही निकायहरू त्यहाँ गएपछि दुईवटा एयरपोर्ट नियमित सञ्चालन हुनेछन ।
उहाँले पर्यटन संस्कृति नीति अन्तिम चरणमा रहेकोे र नागरिक उड्डयन सम्बन्धि विधेयक मन्त्रीपरिषद्ले पास गरिसकेको जानकारी गराउनुभयो । मन्त्रालयका सचीव डा। गणेशप्रसाद पाण्डेयले मन्त्रालयका कामकारवाहीको बारेमा जानकारी गराउँदै पुँजी, प्रबिधि, जनशक्तिको सिमितताले अपेक्षा अनुसारको काम गर्न नसकिएको उल्लेख गर्नुभयो ।
समिति सभापति राजकिशोर यदवको अध्यक्षमा भएको
बैठकमा पूर्व प्रधानमन्त्री एवं समिति सदस्य माधवकुमार नेपाल,सांसदहरू प्रभु साह,दामोदर भण्डारी,शिशिर खनाल,सुदन किराँती,सुनिता बरा,भिमप्रसाद आचार्य लगायतले मन्त्रालयको आव ०८१र०८२ को कार्यप्रगति र नीतिसम्बन्धि विषयमा सक्रिय रूपमा छलफल गर्नु भएको थियोे ।