भुटानी राजा जिग्मी यसकारण पुगे भारत
एजेन्सी, १३ पौष । डिसेम्बरमा भुटानी राजा जिग्मी खेसर वाङचुक दुईपटक भारत पुगे । पहिलो भ्रमण औपचारिक थियो भने शनिबारको भ्रमण भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहलाई अन्तिम श्रद्धाञ्जली दिनका लागि थियो ।
वाङचुक सिंहलाई अन्तिम श्रद्धाञ्जली दिन पुगेका उच्च विदेशी नेता भए । उनको सिंहसँग व्यक्तिगत सम्बन्ध पनि सुमधुर थियो ।
एक दशक भारतको प्रधानमन्त्री बनेका सिंहको यसै हप्ता ९२ वर्षको उमेरमा निधन भएको थियो । उनी प्राज्ञिक क्षेत्रमा रहँदै गर्दा अर्थमन्त्री भएका थिए । २००४ बाट २०१४ सम्म प्रधानमन्त्री बने ।