पुटिनले अजरबैजानका राष्ट्रपतिसँग किन माफी मागे
एजेन्सी, १३ पौष । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अजरबैजानका राष्ट्रपति इहाम अलिभसँग माफी मागेका छन् । उनले अजरबैजानको विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्दै माफी मागेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।
क्रेमलिनले पनि पुटिनले दुःखद घटनाप्रति माफी मागेको जनाएको छ । उनले मृतक र घाइतेका परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।
३८ जनाको मृत्यु हुनेगरी यसै हप्ता अजरबैजानको विमान दुर्घटना भएको थियो । दुर्घटना रुसी हवाई प्रतिरक्षा प्रणालीका कारण भएको खुलेको छ । त्यसप्रति पुटिनले दुःख व्यक्त गरेका हुन् ।