२३ माघ २०८१, बुधबार | February 5, 2025

मन्त्री पाण्डेद्वारा नेपालगन्जको निर्माणधिन विमानस्थल निरिक्षण


December 28, 2024
332
Shares

काठमाडौं,१३ पुस । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले बाँकेको नेपालगन्ज स्थित निर्माणधीन विमानस्थलको निरिक्षण गर्नुभएको छ।

शनिबार अछामको कलम बजारको विमानस्थल परिक्षण उडानका क्रममा नेपालगन्ज पुग्नु भएका मन्त्री पाण्डेले उक्त विमानस्थलको समेत अवलोकन गर्नु भएको हो। तीन अर्व लागत रहेको नेपालगञ्ज विमानस्थलको भवनको २०८२ पुस मसान्तभित्र सक्ने लक्ष्य रहेको छ।

मुख्य निर्माण कम्पनीको रूपमा रहेको शर्मा एण्ड कम्पनीले वि।स।२०७९ माघबाट निर्माण कार्य थालेको नागरिक उड्डयन प्राधिकरणका ईन्जिनियर विमल पौडेलले जानकारी दिनु भएको छ। मन्त्री पाण्डेले निर्माण कार्य सन्तोषजनक रहेको प्रतिक्रिया दिँदै समयमै काम सकिनेमा विश्वास व्यक्त गर्नु भएको छ।

मन्त्री पाण्डे आजै अछामको कमलबजारमा रहेको विमानस्थल परिक्षण उडानमा सहभागी भएर काठमाडौं फर्किनु हुने भएको छ।

प्रतिक्रिया