४ पुस २०८१, बिहिबार | December 19, 2024

रुसी जर्नेलको हत्या गर्न ‘एक लाख डलरको सुपारी’


December 19, 2024
747
Shares

एजेन्सी, ४ पौष । रुसी सेनाका प्रभावशाली जर्नेल इगोर किरिलोभको हत्याका आरोपी उज्वेकी नागरिकले सुपारीवापत् एक लाख डलर पाएको खुलेको छ । उनलाई युरोपको पासपोर्ट समेत दिने भनिएको थियो ।

पक्राउ परेका २९ वर्षीय उज्बेकीले बयानका क्रममा रुसी भाषामा आफूले लिएको सुपारीबारे बताएका थिए । रुसी मिडियाले बयानको फुटेज सार्वजनिक गरेका छन् ।

मंगलबार आफ्नो निवासबाट सहयोगीका साथ निस्किइरहँदा किरिलोभको बम बिष्फोटबाट हत्या गरिएको थियो । उक्त घटनाको जिम्मेवारी युक्रेनको खुफिया एजेन्सीले लिएको छ ।

जर्नेल इगोर रुसी सेनाको रसायन क्षेत्र हेर्ने कमाण्डर थिए । यो घटनाले युक्रेनले रुसी उच्च अधिकारीलाई तारो बनाएको देखिइसकेको छ ।-Photo Source: Sputnik

प्रतिक्रिया