१ माघ २०८१, मंगलबार | January 14, 2025

ओलीलाई बामदेवको जवाफ : मेरो बदनाम गर्ने तुच्छ कोशिश गर्नुहोला भन्ने लागेको थिएन


December 16, 2024
0
Shares

केपी ओलीलाई वामदेवको प्रेम पत्र

प्रिय क. केपी ओली,

तपाईंको स्वर र शैलिमा राष्ट्र नेता मदन भण्डारी हत्यासम्बन्धी कथित निस्कर्ष भएको लिंक मेरो फोन र नम्बरमा आयो । हेरेपछि छांगाबाट खसेजस्तो भएँ १ र,पहिलो कर्तब्य तपाईंबाटै जानकारी लिने हो भन्ने ठानेँ । मैले मेरोमा सेभ भएको तपाईंको फोनमा कल गरेँ तर फोन लागेन । त्यसपछि क। राजेशलाई वहाँकै फोनमा लिंक पठाइदिएँ र तुरुन्तै कल गरेँ । कल रिसिभ गर्नुभयो र सदा झैं नमस्कार कमरेड भन्नुभयो ।

त्यसपछि मैले वहाँलाई भनें-एउटा सिरियस लिंक मेरोमा आयो । केपी कमरेडको फोन उठेन र तपाईंलाई पठाइदिएको छु । तु.वहाँलाई पठाइदिनोस् । मलाई यो धेरै सिरियस लागेको छ । प्रधानमन्त्री र पार्टी अध्यक्षबाट पनि हट्नपर्ने हुन सक्छ ।

यो भन्दा बढी मैले एक शब्द पनि बोलेको छैन । फोन नं. राजेशकै हो । राजेशलाई धुलोमा खेल्ने अवस्थादेखि मैले जान्दछु ।  यसलाई केपीले प्रचारको विषय बनाएर मेरो बदनाम गर्ने तुच्छ कोशिश गर्नुहोला भन्ने लागेको थिएन ।

क. के पी,म तपाईंलाई चुनौती दिन्छु-मेरो भ्वाइस रेकर्ड सार्वजनिक गरिदिनोस्, पिएमको नाताले भ्वाइस रेकर्ड निकाल्न सकिहाल्नु हुन्छ ।
वामदेव गौतम
१ पुस २०८१

यो भन्दा बढी मैले एक शब्द पनि बोलेको छैन ।

केही दिनअघि प्रधानमन्त्री ओलीले आफूलाई फोन गरेर गौतमले प्रधानमन्त्री र अध्यक्षबाट राजीनामा दिन भनेको दाबी गरेका थिए । गौतमसँग आफूले नै राजेशको मोबाइलमार्फत कुरा गरेको भएपनि उनले नचिनेको समेत एक कार्यक्रममा बताएका थिए ।

यो पढ्नुहोला

https://nepalipen.com/2024/12/16701/

प्रतिक्रिया