२ माघ २०८१, बुधबार | January 15, 2025

सुविधा सम्पन्न ल्याब नहुँदा बिरामीको आफन्तलाई सास्ती


December 13, 2024
2.2k
Shares

काठमाडौं,२८ मंसिर । नेपालमा सुविधा सम्पन्न ल्याब्रोटरी नहुँदा बिरामीहरु थप मर्कामा परेका छन् । सुविधा सम्पन्न ल्याब नहुँदा बिरामीहरुले दैनिक स्याम्पल टेस्ट गर्न बाध्य भएका हजारौं उदाहरण विभिन्न अस्पतालमा देख्न सकिन्छ ।

एकातिर आफ्ना बिरामी मर्ने र बाच्नेको दोसाधमा हुन्छ, अर्को तिर चिकित्सकहरुले दिएको सल्लाहअनुसारका ल्याब टेस्टहरु सहजै गर्न पाइदैन, यस्तो अवस्था छ नेपालमा । सोही समस्याको शिकार भएका नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल केन्द्रीय सदस्य संजिब गुरुङ्गले भने,“मेरो बिरामी छाउनी अस्पतालमा छ, चिकित्सले भने अनुसार एउटा टेस्ट गर्न हामी सुरुमा टेकु अस्पताल गयौं,त्यहाबाट यो टेस्ट वीरमा हुन्छ भन्यो, त्यहाँ गइयो, त्यहाँ पनि हुन्न भन्यो, त्यहाँबाट नर्भिकमा त पक्कै होला भनेर गएको त्यहाँ पनि छैन्,बल्ल बल्ल त्यो जाँच गर्ने नीजि क्लिनिक भेट्टायौं र दिएका छौं, त्यसको रिपोट अझै आएको छैन् । सरकारी अस्पतालमा त्यो सुविधा भएको भए यति महंगो तिर्न बाध्य हुने थिएनौ ।”

गुरुङ्गले सामाजिक सञ्जालमा लेखेका छन्,“स्वास्थमन्त्रीलाई जानकारी छ की छैन ! सुबिधा सम्पन्न ल्यबरोटरी न हुँदा दैनिक बिमारी स्याम्प्ल टेस्ट गर्न वाध्य छ ! रिपोट आउन हप्तौ लाग्दा बिरामी र आफन्तले ठुलो सास्त्ती झेलेको र बिचौलियाले फाइदा लिदा महंगो मुल्य तिर्न वाध्य हुँदा नेपाल सरकार त्यती कमजोर हो ? एउटा सुबिधा सम्पन्न ल्याब बनाउन न सक्ने ? सरोकार वाला नेता भन्ने दलालहरुको ध्यान जावस की कमिसन् बिदेशमै लिदै हो मंत्री ज्यू ?”

 

प्रतिक्रिया