२ माघ २०८१, बुधबार | January 15, 2025

गगन र योगेशको यसकारण ओली सरकारमा हुँदैछ प्रवेश


December 11, 2024
6.4k
Shares

काठमाडौं, २६ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले चाँडै मन्त्रिमण्डल पुर्नगठन गर्ने भएका छन् । अहिलेका अधिकांश मन्त्रीको कार्यशैलीप्रति उनी असन्तुष्ट रहेको बुझिएको छ । मन्त्रिमण्डलमा लोकप्रीय र युवा अनुहार ल्याउन खोजेका छन् ओलीले ।

विश्वस्त स्रोतका अनुसार ओलीले काँग्रेस र एमालेबाट उपप्रधानमन्त्री बनेका क्रमशः प्रकाशमान सिंह र विष्णु पौडेललाई परिवर्तन गर्न खोजेका छन् । काँग्रेस महामन्त्री गगन थापालाई मन्त्रिमण्डलमा उपप्रधानसहित गृह या अर्थ दिने ओलीको चाहना रहेको छ । देउवाले पनि गगनलाई मन्त्री बनाएर पार्टीभित्र पकड बलियो बनाउन खोजेका छन् ।

गगनले अर्थ मन्त्रालय सम्हाल्ने चाहना देखाएको बुझिएको छ । पुसभित्र मन्त्रिमण्डल पुर्नगठनको टुंगो लाग्ने बुझिएको छ । एमालेबाट उपप्रधानसहित अर्थ मन्त्री बनेका विष्णु पौडेलको ठाउँमा योगेश भट्टराईले ठाउँ बनाउने टुंगो लगाइँदैछ ।

योगशलाई गृहमन्त्री दिने ओलीको चाहना देखिएको छ । पार्टीभित्र ओलीले शंकर पोखरेल र योगेश भट्टराई जस्ता नेतालाई अगाडि बढाउन खोजेका छन् । यसकारण पनि योगेशको भाग्य बलियो हुने देखिएको छ ।

काँग्रेस र एमालेका लोकप्रीय र युवा अनुहारलाई अगाडि सारेर दुई पार्टी बलियो हुने प्रणाली विकास गर्ने योजना समेत बनेको छ । लोकतान्त्रिक धारबाट काँग्रेस र कम्युनिष्ट धारबाट एमाले रहने गरी दुई पार्टी प्रणालीको योजना बनेको हो । त्यही अनुसार संविधान संशोधनको तयारी पनि भइरहेको छ ।

साना दलहरु र स्वतन्त्रहरु बलियो हुने अवस्था बनेपछि काँग्रेस र एमालेले नयाँ रणनीतिक साथ कदमहरु चालिरहेका छन् । उनीहरुले लोकप्रीयतालाई पुनः जगाउन लोकप्रीय नेताहरुलाई नै भावी नेतृत्वका लागि तयार गर्ने रणनीति बनाएका हुन् ।

प्रतिक्रिया