रुसले बेलारुसलाई दियो आणविक हतियार

एजेन्सी, २५ मंसिर । रुसले आफ्ना निकै निकट मित्र देशहरुलाई आणविक हतियार दिन थालेको छ । उसले बेलारुसलाई आणविक अस्त्र दिएको छ ।
बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोले आणविक हतियार प्राप्त भएको बताएका छन् । उनले बेलारुससँग ठूलो संख्यामा आणविक हतियार रहेको समेत बताए ।
रुसले पूर्व सोभित राज्यका मित्रशक्तिलाई आणविक हतियार दिने गरी नीति बनाएको थियो । जसअनुसार रुसको नयाँ हाइपरसोनकि ओरेस्निक प्रणाली पनि रहेको छ । बेलारुसका राष्ट्रपति लुकासेन्कोले ओरेस्निकभन्दा खतरनाक हतियार आफूहरुलाई रुसबाट प्राप्त भएको समेत खुलाएका छन् ।