‘अहिलेको गठबन्धन राजनीतिक स्थिरता र समृद्धिका लागि’
बाजुरा, मंसिर २५ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले कांग्रेस र एमालेबीच गठबन्धन गर्नुको पछाडि राजनीतिक स्थायित्व भएको प्रष्ट पार्नु भएको छ । गृह जिल्ला बाजुरा पुग्नु भएका मन्त्री पाण्डेले कार्यालय प्रमुखहरुको बैठकलाई सम्बोधन गर्दै उक्त कुरा बताउनु भएको हो ।
मन्त्री पाण्डेले भन्नुभयो, पछिल्लो समय कांग्रेस एमालेबीचको भएको सहकार्य राजनीतिक सकसलाई चिर्नका लागि हो । कांग्रेस एमालेको सरकार गठनका पछाडि राजनीतिक स्थायित्व र समृद्धिका लागि हो । उहाँले कांग्रेस एमाले मात्रै होइन, प्रतिपक्षमा रहेका माओवादी,समाजवादी लगायतका सानादलहरुलाई समेटेर एक ठाउँमा लैजानका लागि यो सरकार गठन भएको स्पष्ट गर्नुभयो ।
मन्त्री पाण्डेले भन्नुभयो संसदीय दृष्टिकोणले हेर्दा सत्ता र प्रतिपक्षी भए पनि देशको गति दिन, अर्थतन्त्रलाई माथि उकास्ने,राजनीतिक स्थिरता दिन र सुशासनको प्रत्याभूति दिनका लागि पनि हामी सबै एक ठाउँमा हुन जरुरी छ । मन्त्री पाण्डेले अगाडि भन्नुभयो, प्रधानमन्त्री केपी शर्मा ओली र हाम्रो पार्टी सभापति ज्यूको प्रतिवद्धता रहेको छ । देशको सुधारका लागि उहाँहरुको स्पिडमा काम गर्नु पर्ने छ । उहाँले ०८४ मा कांग्रेस र एमालेबीच नै प्रतिस्पर्धा हुने समेत बताउनुभयो ।
फरक प्रशंगमा बोल्दै मन्त्री पाण्डेले सुचकाङ्कहरुका आधारमा सबैभन्दा गरिबी रहेका पाँच जिल्लामा सरकारले विशेष प्याकेज ल्याएर काम अघि बढाएको समेत बताउनुभया भयो ।
उहाँले पछाडि परेको क्षेत्र, जाती र भूगोलको पक्षमा आफू मन्त्री नहुँदादेखि नै वकालत गरिरहेको समेत प्रष्ट पार्नुभयो ।
कार्यालय प्रमुखलाई कामलाई प्राथकिताहरु निर्धारण गरेर मात्र काम गर्न समेत निर्देशन दिनुभयो । मन्त्री पाण्डेले बुढीगंगा नगरपालिका र बडिमालिका नगरपालिकाको ज्ञापनपत्र बुझ्दै अन्तरमन्त्रालयबाट हुने कामका लागि समेत समन्वयात्मक भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नु भयो ।