२ माघ २०८१, बुधबार | January 15, 2025

ओलीले कम्बोडिया र स्वीस बैंकको पैसाबारे बोले


December 9, 2024
2.2k
Shares

काठमाडौं, २४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा अरबौं लगानी गरेको र स्वीस बैंकमा पैसा राखेको आरोपबारे बोलेका छन् । उनले त्यस्ता आरोपलाई भ्रम भन्दै खण्डन गरेका छन् ।

सोमबार झापाको दमकमा आयोजित कार्यक्रममा ओलीले विगत पाँच वर्षदेखि आफूविरुद्ध भ्रम फैलाउन थालिएको दाबी गरे । उनले नक्कली कागजात समेत तयार पारेर हल्ला चलाइएको बताए ।
ओलीले दुर्गा प्रसाईँतर्फ संकेत गर्दै नक्कली चिर्कटो निकालेर कराउनेहरु देखापरेको टिप्पणी गरे ।

फ्रान्सका पत्रकार ज्याकार्डले ओलीको कम्बोडियाको दूरसञ्चार क्षेत्रमा अरबौंको लगानी र स्वीस बैंकमा पत्नी राधिका शाक्यसहितको लगानीबारे खोजमूलक खबर प्रकाशित गरेका थिए । त्यसलाई आधार बनाएर दुर्गा प्रसाईको पछिल्लो भनाईहरु आएका छन् । तर, ओलीले फ्रान्सका पत्रकार ज्याकार्डविरुद्ध कुनै कानूनी उपचार बढाएका छैनन् । यसको मौखिक खण्डन मात्र गरेका छन् ।

प्रतिक्रिया