छायाँ कम्प्लेक्समा क कस्को लगानी डुब्दै (सूचीसहित)
काठमाडौं, २४ मंसिर । केशर शमशेरका छोरा केयूर शमशेरकी पत्नी हुन् अम्बिका राणा । उनका छोरा गोरख शमशेर राणाले राजा वीरेन्द्रकी एकमात्र छोरी श्रुतीसँग विवाह गरेका थिए । गोरखकी बहिनी तथा अम्बिकाकी छोरी हुन् अन्नपूर्णा राणा । उनी अहिले चप्पल कारखाना नजिकै बस्छिन् । उनको घरमा नागको सानो मन्दिर स्थापना गरेको छ । नागलाई उनी कमलपोखरीको नाग भन्छिन् ।
अन्नपूर्णाको भनाई अनुसार ठमेलको छायाँ कम्प्लेक्स बनाइएको स्थान ऐतिहासिक पोखरी हो । जहाँ नागलाई खुबै मानिन्थ्यो । बाल्यकालमा आफू पनि नागहरु देखेर रमाउने गरेको स्मरण गर्छिन् । ऐतिहासिक र धार्मिक स्थान माँसिएकोमा उनी पीडा व्यक्त गर्छिन् । पोखरी हडप्ने र छायाँ सेन्टर बनाउन लागिपर्नेहरु धेरैलाई दशा लागेको सुनाउँछिन् उनी । अन्नपूर्णा राणा मात्र होइन उक्त कम्प्लेक्समा निर्माण सामाग्रीको व्यापार गर्नेहरु ठूलै रोगको शिकार भएको सुनाउँछन् एकजना निर्माण व्यवसायी ।
ठमेलको ऐतिहासिक कमलपोखरीमा सत्ता र शक्तिको आँडमा ठड्याएको कम्प्लेक्स हो छायाँदेवी । पृथ्वीबहादुर पाण्डे मुख्य खेलाडी बनेर उक्त जग्गा व्यक्तिको नाममा ल्याई कम्पनी खडा गरे । शेयरधनी खडा गरी उनले अरबौंको लगानी गराए । तर, अब त्यो लगानी सबै डुब्ने भएको छ ।
सर्वोच्च अदालतले सबै राय र प्रमाण संकलन गरेर सोमबार पारेर ऐतिहासिक फैसला गर्दैछ छायाँ सेन्टरबारे । त्यो फैसलाले खुलेआम र छद्म रुपमा लगानी गर्नेहरुको रकम डुब्ने निश्चित छ । यसरी रकम डुब्नेमा पृथ्वीबहादुर पाण्डे देखि कुलिन घरानाकाहरु धेरै छन् ।
पृथ्वी बहादुर पाँडे- ७ करोड ७८ लाख ३४ हजार ६ सय
दिपकमान शेरचन- ४ करोड ७३ लाख ७१ हजार
महेश्वर प्रकाश श्रेष्ठ-३ करोड ३० लाख ५५ हजार
सिद्धान्तराज पाण्डेय- ३३ लाख ७० हजार
योगेन्द्रबहादुर शाक्य- ९४ लाख एक सय
विकाश थापा- ८३ लाख ५५ हजार
प्रजन्य राजभण्डारी- २ करोड ५० लाख ६७ हजार
सिद्धान्त बहादुर पाँडे- १९ लाख ७२ हजार
राजधानी इन्भेष्टमेन्ट फण्ड प्रा.लि.- २ करोड २४ लाख ४ हजार
सुरेश लाल श्रेष्ठ- ५२ लाख
ज्ञानेन्द्र खनाल- १ करोड
सिताराम महासेठ- १ करोड
हिमालयन इन्फ्रास्ट्रकचर फण्ड लिं- ३ करोड ४८ लाख
महेन्द्रलाल प्रधान- २ करोड ६७ लाख ३८ हजार
रवीन्द्र राजभण्डारी- ५० लाख
महेश खनाल-५० लाख
दिक्षान्त दाहाल-७ लाख ५० हजार
आशिष पौड्याल- ४० लाख
योगेश भण्डारी- १ करोड १५ लाख
सुमन विक्रम पाण्डे- २ करोड
अनु पाण्डे पन्त- ७८ लाख
नेमेन्द्र जंग थापा- १ करोड
मिजास भट्टचन- ३ करोड ५४ लाख १९ हजार ८ सय
किरण मान शेरचन- ६८ लाख २ हजार
मनोहर प्रसाद शेरचन- १ करोड ६० लाख ४३ हजार
शान्त बहादुर मल्ल- ९४ लाख १ सय
ध्रवनारायण श्रेष्ठ-६२ लाख ६६ हजार ८ सय
प्रयुष राजभण्डारी- ५० लाख
प्रणय राजभण्डारी- ५० लाख
उर्मिला पाण्डे- ७१ लाख ५० हजार
पि.एम.एफ इन्भेष्टमेन्ट प्रा.लि.-४८ लाख
पूर्व प्रधानसेनापति प्रज्ववल शमशेर जबरा- २५ लाख उ
सिन्धु राणा-२५ लाख
स्याकार ट्रडिङ कम्पनि प्रा.लि.- ३ करोड ५० लाख
रेखा घिमिरे- ३ करोड १० लाख
इन्दु शर्मा-९ लाख
प्रज्वल भण्डारी- ८५ लाख
प्रतिमा पाँडे-१ करोड २२ लाख ४४ हजार ४ सय
निर्मल प्रधान-६ करोड ५० लाख
लक्ष्मी शाक्य- १० लाख
प्रेम शेभा तुलाधर- ४० लाख
रक्षक महत- ५० लाख
पारुल पाँडे- ८ लाख ७७ हजार २ सय