जनताले खोजेको देशभक्तहरुको एकतावद्ध नयाँ शक्ति
हेमशंकर गिरीः २०४७ सालदेखि नेपाली कांग्रेस तथा एमाले र २०६३ पछि माओवादीलगायत तराईका केही क्षेत्रीय दलहरु हालसम्म नेपालको सत्ता राजनितीको केन्द्रबिन्दुमा रही राजकीय सत्ताको चाबी हातमा लिएर मस्ती मारिरहेका छन् । आमनागरिकहरुले आस गरिए अनुसार यी दलहरुबाट नेपाली जनताको जीवनशैलीमा सकारात्मक परिवर्तन आउन त परै जाओस् नेपालको सार्बभौमिकता,राष्ट्रिय एकता,अखण्डता,स्वतन्त्रता र स्वाधिनता समेत सम्मानित र सुरक्षित हुन सकेन । मुलुक पूर्णत परनिर्भरताको खाडलमा जाकियो । अर्थतन्त्र मजबुत हुन सकेन । नेपालीले आदिमयुगदेखि अंगालेको बिबिध मौलिक धर्मसंस्कृति,सभ्यता र पहिचान समाप्त पार्दै लगियो,राष्ट्रिय तथा क्षेत्रीय स्तरका सम्पुर्ण उ�

