प्रतिष्ठानहरुमा देखिएका समस्या समाधान गर्ने मन्त्री पाण्डेको प्रतिबद्धता
काठमाडौं, मंसिर १८ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले संघदेखि स्थानीय तहसम्मका प्रतिष्ठानमा देखिएको अस्पष्ट्ता हटाउन जरुरीको बताउनु भएको छ ।
नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र नेपाल सङ्गीत तथा नाटय प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा सम्पन्न भएको प्राज्ञिक भेलाबाट प्राप्त भएका सुझाव ग्रहण गर्दै मन्त्री पाण्डेले प्रतिष्ठानहरुमा देखिएको समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको बताउनु भएको हो ।
भेलामा तीनओटै प्रज्ञा–प्रतिष्ठानका कुलपति, उपकुलपति तथा प्राज्ञहरूको मर्यादाक्रम, तीनओटै प्रज्ञा–प्रतिष्ठानका ऐन तथा नियमावलीमा व्यवस्था भए अनुसार कायम हुनपर्ने, प्रदेश स्तरका प्रज्ञा–प्रतिष्ठानहरू र स्थानीय रूपमा सञ्चालित प्रज्ञा–प्रतिष्ठानहरूका प्राज्ञहरूको मर्यादाक्रम प्रदेश र स्थानीय सरकारको मर्यादाक्रमका आधारमा तोकिनु पर्ने लगायतका विषयमा छ्लफल गरेका थिए ।
मन्त्री पाण्डेले छलफलमा उठेका विषय विषयगत समितिको बैठकमा प्रस्तुत गर्ने बताउनु भएको थियोे ।