१ माघ २०८१, मंगलबार | January 14, 2025

पुटिनले ट्रम्प असुरक्षित रहेको भनेपछि…


November 29, 2024
1.1k
Shares

एजेन्सी, १४ मंसिर । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प असुरक्षित रहेको अभिव्यक्ति दिएका छन् । काजकस्तान पुगेका पुटिनले बिहिबार यस्तो अभिव्यक्ति दिएका हुन् ।

पुटिनले अमेरिकाको इतिहासमा धेरै गम्भीर घटनाको भएको उल्लेख समेत गरे । उनको संकेत अमेरिकाका राष्ट्रपतिहरुको हत्या वा हत्या प्रयासतर्फ थियो । चुनावताका ट्रम्पमाथि पनि गोली प्रहार भएको थियो ।

पुटिनको अभिव्यक्तिले तरंग ल्याएको छ । ट्रम्पले आफूले राष्ट्रपति पद सम्हालेपछि युक्रेन युद्ध समाप्त गर्ने घोषणा गरिसकेका छन् । उनले यूरोपप्रति कडा नीति लिएको देखिदैछ । अर्कोतर्फ, चीनप्रति पनि ट्रम्पको कडा नीति छ ।

ट्रम्पले भारत र रुससँग सम्बन्ध सुधारेर जाने रणनीति अनुसार कार्य बढाएका छन् । त्यस अनुसार आफ्नो टिम बनाएका छन् ।

प्रतिक्रिया