१९ मंसिर २०८१, बुधबार | December 4, 2024

प्रधानमन्त्री ओलीको विश्वविद्यालयमा बोल्ने मोह


November 29, 2024
498
Shares

काठमाडौं, १४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली औपचारिक शिक्षाका लागि विश्वविद्यालय टेकेका छैनन् । उनको शैक्षिक योग्यता १० पास भनिएको छ ।

गुगलमा राखिएको ओलीको व्यक्तिगत विवरणमा तेह्रथुमको प्रणामी मिडल स्कुलबाट प्राथमिक शिक्षा लिएको र झापाको आदर्शक माविबाट सन् १९७० मा एसएलसी उत्तीर्ण गरेको उललेख छ । ओलीले त्यसपछि औपचारिक शिक्षा लिएका छैनन् ।

ओली विश्वविद्यालयमा औपचारिक शिक्षा लिन नपुगेपनि नेकपा एमालेको प्रभावशाली नेता बनेपछि विश्वविद्यालयमा बोल्न भने मरिहत्ते गर्छन् । उनी प्रधानमन्त्री भएपछि जुन देशको भ्रमण गर्छन् त्यो देशको विश्वविद्यालयमा बोल्न पुग्छन् ।

असोजताका देशमा ठूलो बाढीपहिरोले क्षति पुर्याउँदा ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका पुग्दा त्यहाँको विश्वविद्यालयहरुमा भाषण गर्न पुगेका थिए । उनको अभिव्यक्तिको शैलीबारे नकारात्मक टिकाटिप्पणी भयो ।

ओली उपचारका लागि नयाँ दिल्ली आउने जाने गर्दा पनि जवाहरलाल नेहरु विश्वविद्यालयमा त्यहाँका विद्यार्थीहरुमाझ प्रवचन दिन पुग्थे ।

यसपटक चीन भ्रमणमा पनि उनी पेकिङ विश्वविद्यालय पुग्दैछन् भाषण गर्न । ओली विश्वविद्यालयमा बोल्न खुबै चाहने स्वभावको रहेको उनीसँग लामो संगत गरेका पाका एमाले नेताले बताए ।

प्रतिक्रिया