१८ मंसिर २०८१, मंगलबार | December 3, 2024

जम्बो टोली लिएर चीन जाने भए प्रधानमन्त्री ओली


November 28, 2024
581
Shares

काठमाडौं, १३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली १७ देखि २० मंसिरसम्म चीन जाने निश्चित भएको छ । उनको भ्रमणलाई मन्त्रिपरिषदले स्वीकृत गरेको छ ।

प्रधानमन्त्री ओलीको भ्रमण दलमा ३९ जना हुनेछन् । परराष्ट्रमन्त्री आरजु राणा पहिल्यै चीन गइसकेकी छिन् ।

भ्रमणमा निजी क्षेत्रबाट ४८ जना पनि रहनेछन् । निजी क्षेत्रमा उद्दोगीव्यवसायी, पत्रकारलगायत छन् ।

यसपटकको भ्रमणमा बीआरआई कार्यान्वयन सम्झौताबारे के हुन्छ भन्ने चासो चलिरहेको छ । यसअघि बीआरआई सम्झौताको समयवधि सकिएकाले त्यसबारे पनि निर्णय हुनसक्छ ।

प्रतिक्रिया