२ माघ २०८१, बुधबार | January 15, 2025

नारायणगढ-बुटवल सडकमा झन् अलमल, कम्पनीले निर्माण सामाग्रीको र कामदारलाई पैसा दिन सकेन


November 28, 2024
1.1k
Shares

काठमाडौं, २८ मंसिर । नारायणगढ-बुटवल सडकखण्डको निर्माण निकै ढिला भइरहेको । पटक पटक म्याद थपेपनि काम पूरा हुन सकेको छैन । यसले गर्दा नारायणी नदी तरेर पश्चिम नेपालमा जाने यात्रुले निकै कष्ट व्यहोर्नुपरिरहेको छ ।

निर्माण कम्पनीले निर्माण सामाग्री ल्याउने भेन्डरलाई नै पैसा दिन सकेको छैन । २ अर्ब उधारो भइसक्दा पनि कम्पनीले रकम नदिएपछि सामाग्री नै रोकिएको छ । उसले काम गरेको पैसा नआएर नदिएको भन्दै टारिरहेको छ ।

चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशनले नारायणगढ बुटवल सडकखण्डको ठेक्का पाएको हो । उक्त कम्पनीले पनि विभिन्न कम्पनीलाई पेटी ठेक्का दिएको छ । उनीहरु पनि काम गर्न सकिरहेका छैनन् ।

यो सडकखण्डमा घाटा पर्ने भन्दै निर्माण कम्पनीले लागत बढाएर रकम निकासा गर्ने योजना बुनिरहेको छ । तोकिएको बजेटभन्दा ८ अर्बसम्म बढी लाग्ने भन्दै चलखेल भइरहेको छ ।

ठेक्का पार्न चाइना स्टेटले २३ प्रतिशत कम लागत राखेर आवेदन दिएको थियो । ६ वर्षअघि ठेक्का लिंदा सोही अनुसार सम्झौता भयो । काम ढिलो गरेपछि सरकारले पत्राचार गरेकोमा कम्पनीले सरकार र एडीबी आयोजना निर्देशनालयलाई जवाफी पत्र पठाएर वार्षिक २५ प्रतिशत घाटा हुने लेखेको छ ।

नारायणगढ-बुटवल सडक विस्तारको दुई खण्डको निर्माणका लागि १६ अर्ब ९९ करोड ५२ लाखमा पूरा गर्ने गरी सम्झौता भएको थियो ।

प्रतिक्रिया