२ माघ २०८१, बुधबार | January 15, 2025

ओलीलाई फकाउँदै रविका विश्वासपात्र


November 27, 2024
1.4k
Shares

काठमाडौं, १२ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीको केपी शर्मा ओली सरकारप्रतिको गतिविधि नरम बन्दै गएको छ । सभापति रवि लामिछाने पक्राउ परेपछि सडकमा उत्रिएपनि रास्वपा नरम देखिन्छ विगतमा भन्दा ।

रविलाई सडकबाट भन्दा पनि सदनको गणित र भित्री समझदारीबाट छुटाउने माहोल बनाउन रास्वपा नेताहरु सक्रिय भएका छन् । विशेषगरी रविका विश्वासपात्र डीपी अर्याल र सन्तोष परियार यसमा सक्रिय छन् । अर्यालले ओलीलाई केही समय अघि भेटेका थिए । बुधबार परियारले पनि भेटे ।

ओलीसँगको भेटमा रविका विश्वासपात्रले रिहाईको माहोल बनाइदिन आग्रह गरेको बुझिएको छ । उनीहरुले भविष्यमा मिलेर जान सकिने परिस्थिति बनाउन पनि आग्रह गरेको विश्वस्त स्रोतले बताएको छ । विगतमा रविले ओलीलाई साथ दिएको स्मरण समेत गराए ।

लामिछाने सहकारी ठगी प्रकरणमा हिरासतमा छन् । उनलाई विभिन्न जिल्ला हुँदै काठमाडौं ल्याउन लागिएको छ ।

रविलाई प्रचण्ड नेतृत्वको सरकारमा ओलीकै पहलमा उपप्रधानसहित गृहमन्त्री बनाइएको थियो । तर, ओलीले काँग्रेस सभापति शेरबहादुर देउवासँग हात मिलाएपछि कठोर बनेका छन् ।

प्रतिक्रिया