२ माघ २०८१, बुधबार | January 15, 2025

नक्कली प्रमाणपत्रधारी सीडीओ आचार्यले कुन कुन जिल्ला हाँके


November 26, 2024
2.6k
Shares

काठमाडौं, ११ मंसिर । नक्कली प्रमाणपत्रसम्बन्धी सर्वोच्चको हालैको फैसलाको पूर्णपाठले जागिर धरापमा परेका काठमाडौंका सीडीओ जयनारायण आचार्य निजामती सेवाका खेलाडी नै निस्किएका छन् । उनले शक्तिको अभ्यास खुबै गरेका छन् र शक्तिकेन्द्र पनि रिझाउन जानेका छन् ।

जुम्ला स्थायी घर भएका आचार्यले शाखा अधिकृतमा जागिर खाँदा इन्टरमिडियटको नक्कली प्रमाणपत्र देखाएका छन् । तर, सर्वोच्चको एउटा फैसलाले उनले स्नातकको प्रमाणपत्र देखाएर जागिरमा प्रवेश गरेकाले इन्टरमिडियटको नक्कली भएपछि छुट दिएको थियो । त्यसमा हालैको एउटा फैसलाले त्रुटिपूर्ण भनिदिएको छ । यसले उनको जागिर नै धरापमा परेको हो ।

नक्कली प्रमाणपत्रधारी सीडीओ आचार्य यसअघि निजामती किताबखानाको महानिर्देशक नै भए । त्यहाँ उनी जानुमा पनि यही प्रमाणपत्रसम्बन्धी व्यवस्थापन नै थियो ।

आचार्यले यसअघि ललितपुरको सीडीओ भएर काम गरे । २०७९ को चुनावताका उनी ललितपुरका सीडीओ थिए । दाङ, सप्तरी, कास्की र सुनसरीको पनि सीडीओ भइसके । सचिव बन्ने पर्खाइमा छन् उनी अहिले ।

नक्कली प्रमाणपत्रधारी काठमाडौंका सीडीओ आचार्यको पद धरापमा

प्रतिक्रिया