अडानीले एकै दिनमा यसकारण गुमाए १० अर्ब
एजेन्सी, ६ मंसिर । भारतका अर्बपति गौतम अडानी फेरि अर्को समस्यामा परेका छन् । उनीमाथि २५ करोड डलर घूस दिएको आरोप लागेको छ । अमेरिकाले अडानीमाथि घूसको आरोपलगाएपछि उनले एकै दिनमा १० अर्ब भारु गुमाएका छन् ।
अडानी ग्रुपको शेयरको मूल्यमा एकै दिनमा २० प्रतिशतले गिरावट आएको छ । सौर्य ऊर्जासम्बन्धी ठेक्का पाउन अडानीसहित सातजना धनाढ्यले घूस दिएको आरोप लागेको छ । बुधबार घूसकाण्ड बाहिर आएको हो । बिहिबार शेयर बजारमा अडानी समूहको शेयर ह्वात्तै घट्न पुग्यो ।
अमेरिकाको सेक्युरिटीज एन्ड एक्सचेन्ज कमिशनले अडानीविरुद्ध अमेरिकी लगानीकर्तालाई ठगेको र घूस दिएको आरोपमा उजूरी समेत दर्ता गरेको छ ।