९ माघ २०८१, बुधबार | January 22, 2025

चीनको बीआरआई कार्यान्वयन सम्झौता होला ?


November 20, 2024
332
Shares

काठमाडौं, ५ मंसिर । चीन भन्छ बीआरआई कार्यान्वयन भइसकेको छ । चिनियाँ राजदूत चेन सोङले २०२३ को सुरुमै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनमा तत्कालीन प्रधानमन्त्री प्रचण्डकै अगाडि कार्यान्वयनबारे बोलेपछि तरंग आएको थियो । तर, सरकार कार्यान्वयन नभइसकेको भनिरहेको छ ।

चीन बीआरआई कार्यान्वयनको सम्झौतामा जोड दिइरहेछ । नेपालबाट बेइजिङ पुग्ने उच्च अधिकारीसँग चीनको यही विषय हुनेगर्छ ।

यसपटक प्रधानमन्त्री केपी शर्मा ओलीको हुने भनिएको चीन भ्रमणका दौरान बीआरआई कार्यान्वयनको सम्झौताको कुरा उठेको छ । ओलीले काँग्रेस सभापति शेरबहादुर देउवालाई बालुवाटारमा बोलाएर यसबारे सहमति गराउन खोजे । काँग्रेसले बीआरआई अनुदानमा मात्र लिन सकिने बटमलाइन बनाएको छ । तर, एमाले थोरै ब्याजमा ऋण लिने पक्षमा छ । यसले मतभेद छ ।

बीआरआई कार्यान्वयनको सम्झौता हुन सत्तारुढ एमाले र काँग्रेसबीच सहमति हुनुपर्ने हुन्छ । जुन कठिन छ । तर, काँग्रेस लचिलो भएमा आश्चर्य नमाने हुन्छ ।

ओली पहिलोपटक प्रधानमन्त्री हुँदा सन् २०१५ मा बीआरआईमा सम्झौता भएको थियो । तर, कार्यान्वयन हुन सकेको छैन ।

प्रतिक्रिया