ओली चीन जाने तयारी हुँदै गर्दा देउवासँग भेटवार्ता

काठमाडौं, ३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको दुई हप्तापछि चीन भ्रमण प्रस्तावित छ । उनी तेस्रोपटक प्रधानमन्त्री भएपछि औपचारिक विदेश भ्रमणको गन्तव्य देश चीन हुँदैछ ।
नेपालका प्रधानमन्त्रीहरुको प्रायः पहिलो विदेश भ्रमण भारत हुनेगरेकोमा ओली चीन जाँदैछन् । उनी संयुक्त राष्ट्रसंघको शिखर सम्मेलनमा भाग लिन न्युयोर्क गएका थिए । तर, त्यो कुनै देशबाट निम्तो आएर भएको थिएन ।
ओलीले चीन भ्रमणमा बीआरआई कार्यान्वयनबारे के कदम चाल्लान् भन्ने चासो बढिरहेको छ । यही सन्दर्भमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग बालुवाटारमा भेटवार्ता भएको छ । साँझ भेटमा चीन भ्रमणको एजेन्डाबारे कुराकानी भएको बुझिएको छ । बीआरआईबारे ओलीको धारणासमेत देउवाले बुझेका छन् ।
बीआरआई ऋण नभई अनुदान भएमात्र स्वीकार्न सकिने नेपाली काँग्रेसको अडान छ । त्यसबारे दुवै नेताबीच एकमत भने छैन ।-File Photo