५ माघ २०८१, शनिबार | January 18, 2025

कालो धन भन्दै सहकारीको रकम पचाउने दाउ


November 18, 2024
1.1k
Shares

काठमाडौं, ३ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीले सहकारीको अपचलन भएको झण्डै एक खर्ब रकम कालो धन भएको निष्कर्ष निकालेको छ । यो रकम भ्रष्टाचारबाट आएको दाबी गरेको छ ।

रास्वपाले यो निष्कर्ष निकालेर सहकारीको रकम कालो धन भन्दै पचाउने दाउ चलेको खुलासा भएको छ । सहकारीको रकम ठगीमा एमाले, काँग्रेस, माओवादी, रास्वपा, राप्रपालगायत दलका नेता तथा तिनका नातेदार आसेपासे रहेको खुल्न थालेपछि संगठित रुपमा रकम पचाउने खेल चलेको छ ।

सहकारीमा सर्वसाधारणको ठूलो रकम अपलचन भएको छ । त्यसमा रास्वपा अध्यक्ष रवि लामिछाने मुछिएका छन् । उनलाई पक्राउ समेत गरिएको छ । काँग्रेस उपसभापति धनराज गुरुङ पनि छानविनमा छन् ।

एमालेका नेताहरु पनि यो मामलामा मुछिएका छन् । तर, संगठित रुपमा यसलाई पचाउन खोजिएको छ ।

प्रतिक्रिया