८ माघ २०८१, मंगलबार | January 21, 2025

राजेन्द्र बजगाईँले गरे कुनैपनि बेला काँग्रेस छाड्नसक्ने संकेत


November 16, 2024
1.7k
Shares

काठमाडौं, १ मंसिर । नेपाली काँग्रेसका विवादास्पद सांसद राजेन्द्र बजगाईँले कुनैपनि बेला पार्टी परित्याग गर्न सक्ने संकेत गरेका छन् । उनले सोमबार काँग्रेस सभापति शेरबहादुर देउवालाई साँचो लोकतन्त्रले साहस माग्छ भन्ने विषय उल्लेख गरी लामो पत्र लेख्दै पार्टीभन्दा देश माथि रहेको उल्लेख गरेका छन् । त्यो उनले कुनैपनि बेला पार्टी छाड्नसक्ने संकेत हो ।

बजगाईँले पर्यटनमन्त्री बद्री पाण्डेमाथि घूस लिएको आरोप लगाएपछि विवाद चलेको छ । मन्त्री पाण्डेले उनीविरुद्ध अनुशासन समितिमा उजूरी पनि गरेका छन् । बजगाईँले सामाजिक सञ्जालमा पाण्डेमाथि घूस लिएको आरोप लगाएका थिए । तर, उनले उक्त पोष्ट हटाएका छन् । तर, पार्टीलाई शनिबार पत्र लेख्दै आफूसँग मन्त्री पाण्डेले घूस लिएको प्रमाण रहेको जिकिर समेत गरेका छन् ।

बजगाईँले साँचो लोकतन्त्रले साहस माग्ने विषय उल्लेख गर्दै देशको भूराजनीतिक जटिलता र चुनौतीबारे पनि उल्लेख गरेका छन् । उनले लोकतन्त्रमा भिन्न मत राख्नेको सामना गर्न पनि पार्टी नेतृत्वलाई चुनौती दिएका छन् ।

विवादास्पद पृष्ठभूमिबाट उठेका बजगाईँ काँग्रेसभित्र पैसाको बलमा टिकट लिएको विषय विगत देखि नै चर्चामा छ । उनी कालो धनको कारोबारमा पनि मुछिएका पात्र हुन् ।

प्रतिक्रिया