२८ असार २०८२, शनिबार | July 12, 2025

मालपोत प्रमुखले बनाए कार्यालय आकर्षक


November 13, 2024
4.2k
Shares

भक्तपुर,२८ कात्तिक । झट्ट हेर्दा मालपोत कार्यालय भक्तपुरको भवन निकै आकर्षक देखिन्छ । जो कसैको पनि नजर पर्ने सो भवन प्रमुख कुमार आचार्यको कार्यकालमा सुधार भएको हो ।

धेरै कर्मचारीहरूले आफ्नो घर सुन्दर बनाउन पहिलो प्राथमिकता दिने भएपनि भक्तपुरका मालपोत कार्यालय प्रमुख थोरै त्यस्ता कर्मचारीमा पर्छन् जसले कार्यालय सुन्दर बनाएका छन्।

मालपोत कार्यालय भक्तपुरका प्रमुख आचार्यले सेवाग्राहीको हितलाई ध्यानमा राखि सम्पूर्ण ब्यबस्थापन गरेको बताउँछन् । उनले काम छिटोभन्दा छिटोछिटो हुने प्रणालीलाई चुस्त दुरुस्त बनाएका छन् । मालपोत कार्यालय भक्तपुरले असल हाकिम पाएकामा सेवाग्राही खुसी देखिन्छन् ।

मालपोत कार्यालय भक्तपुर अहिले निकै आकर्षक देखिन्छ । कार्यालयको सरसफाइ देखि सेवाग्राही लागि राम्रोसँग बस्ने ब्यबस्थापन समेत गरिएको छ । कार्यालयको शौचालय पनि अहिले निकै सुन्दर र आकर्षक देखिएको सेवाग्राहीहरु बताउँछन् ।
(सुरेन्द्र बहादुर खत्री सिलवाल,भक्तपुर)

 

प्रतिक्रिया