लिलाबल्लभ अधिकारीलाई विमानमार्फत काठमाडौं ल्याइदै

काठमाडौं,२५ कात्तिक । जापानमा मानव तस्करी गरेको आरोप लागेका कोशी प्रदेशका पुर्व आन्तरिक तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीलाई पक्राउ गरी काठमाडौं ल्याइंदैछ ।
मानव तस्करी गर्न भुमिका खेलेको आरोप लागेका अधिकारीलाई यती एयरलाइन्सको एटीआर विमानमार्फत उडान नम्बर– ७८६ मार्फत साढे २ बजे काठमाडौं ल्याउन लागिएको हो ।
प्रदेश सभा सदस्य समेत रहेका अधिकारीलाई उनकै निवासबाट प्रहरीले आज नियन्त्रणमा लिएको हो ।