यसरी हुँदैछ युक्रेन युद्ध अन्त
एजेन्सी, २४ कात्तिक । डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति निर्वाचित भएलगत्तै उनको टिमले रुस र युक्रेनबीचको युद्ध अन्तको पहल थालिसकेको छ । टिम ट्रम्पका महत्वपूर्ण व्यक्ति तथा एक्सका सञ्चालक इअन मस्कले युक्रेनका राष्ट्रपति जेलेन्स्कीसँग सम्पर्क स्थापित बनाइसकेका छन् ।
मस्कले युद्ध चाँडै अन्त हुने संकेत गरिसकेका छन् । शुक्रबार उनले ट्रम्प र जेलेन्स्कीबीच टेलिफोन सम्पर्क भएको र मस्क पनि त्यसमा सहभागी रहेको वाल स्ट्रिट जर्नलले जनाएको छ ।
ट्रम्पको युक्रेनबारे योजना पनि मारिया नफलले उल्लेख गरेका छन् । जसमा रुसले युक्रेनको भूमि फिर्ता गर्ने, युक्रेन २० वर्ष अझै नाटोमा आवद्ध नहुने, १२ सय किलोमिटर क्षेत्र गैरसैनिक क्षेत्र घोषित गरी शान्ति सैनिक तैनाथ गर्ने जस्ता विषय रहेका छन् ।
युक्रेन योजना अनुसार यही मुद्दामा सम्झौता हुने देखिएको छ । यसअघि ट्रम्पले राष्ट्रपति निर्वाचित हुनु अघि नै युक्रेन युद्ध डिसेम्बरमै अन्त हुने दाबी गरेका थिए ।