१९ मंसिर २०८१, बुधबार | December 4, 2024

ज्योती र ज्योती भण्डारीविरुद्ध इन्टरपोलबाट रेड नोटिस जारी


November 8, 2024
249
Shares

काठमाडौं,२३ कात्तिक । मितेरी बचत तथा ऋण सहकारीको रकम अपचलनमा सम्लग्न २ जना विरुद्ध इन्टरपोलबाट रेड नोटिस जारी भएको छ । रकम अपचलनमा संम्लग्न नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ्गकी पुर्वपत्नि ज्योती गुरुङ्ग र ज्योती बहादुर भण्डारीविरुद्ध रेड नोटिस जारी भएको हो ।

ललितपुर महानगरपालिका वडा नम्बर ५ महालक्ष्मीस्थानमा सञ्चालित मितेरी बचतको रकम अपचलन गरेको आरोपमा नेशनल सेन्ट्रल ब्युरो (एनसीबी)ले इन्टरपोलको महासचिवालयमा पत्राचार गरेको हो ।  सो सहकारीको रकम अपचलन गरेको भन्दै सहकारीका सञ्चालक समिति सदस्य बोधविक्रम थापाले केन्द्रीय अनुसन्धान ब्युरोमा उजुरी दिएका थिए ।

गुरुङ्ग र भण्डारीले सहकारीको ३ करोड ४४ लाख रुपैयाँ अपचलन गरेको प्रहरीले प्रारम्भिक अनुसन्धान पनि निष्कर्ष निकालेको छ । भण्डारी कम्बोडिया भएको आशंका गरिएको छ । कांग्रेस नेता गुरुङ्ग र ज्योतिले अनुसन्धानको क्रममा २०७६ फागुन २९ गते सम्बन्ध विच्छेद गरेका थिए ।

प्रतिक्रिया